• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 3rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालमा क्षयरोगबाट प्रत्येक दिन झन्डै ४७ जनाको मृत्यु

March 26th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,

काठमाडौँ, १२ चैत : नेपालमा क्षयरोगबाट प्रत्येक दिन झन्डै ४७ जनाको मृत्यु भइरहेको छ भने १ सय ९० जना नयाँ क्षयरोगी थपिने गरेका छन । क्षयरोगका कारण जनस्वास्थ्यमा यस्तो प्रतिकूल असर पारिरहेकै बेला औषधि प्रतिरोधी क्षयरोगको गम्भीर चुनौतीसमेत थपिएको छ ।

विज्ञहरूका अनुसार औषधि प्रतिरोधी क्षयरोगबाट संक्रमित एक जना बिरामीको उपचारमा दस लाख रुपैयाँसम्मको औषधि खानुपर्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि सन् २०२१ देखि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका विश्वका ३० मुलुकमा नेपाललाई समावेश गरेको छ । डब्लूएचओले बहुऔषधि प्रतिरोधी क्षयरोगलाई सार्वजनिक स्वास्थ्य संकट र स्वास्थ्य सुरक्षाका लागि खतरासमेत भनेको छ ।

‘मुलुकमा औषधि प्रतिरोधी क्षयरोगीको वार्षिक अनुमानित संख्या २ हजार ८ सय छ,’ राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निमित्त निर्देशक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा.नवीनप्रकाश शाह भन्छन्, ‘सबैभन्दा खतरनाक पक्ष के छ भने औषधि प्रतिरोधी क्षयरोगका करिब ७५ प्रतिशत (२ हजार १ सय) बिरामीलाई रोग पत्ता लगाई उपचारमा ल्याउन सकिएको छैन ।’

डा.शाहका अनुसार एक जनाको उपचारमा करिब १० लाख रुपैयाँको औषधि आवश्यक पर्छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७८÷७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ९ सय ४२ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान गरिएकामा ६ सय ५९ जना मात्र उपचारका लागि पुगेका थिए ।

नेपालमा हाल क्षयरोगका १ लाख १७ हजार बिरामी छन् । यस्तै बर्सेनि क्षयरोगका ६९ हजार नयाँ बिरामी थपिने र १७ हजार जनाको यो रोगले गर्दा मृत्यु हुने गरेको अनुमान छ । डब्लूएचओका अनुसार बर्सेनि विश्वमा १ करोड व्यक्तिलाई क्षयरोगको संक्रमण हुन्छ भने हरेक वर्ष यो रोगले १५ लाख जनाले ज्यान गुमाउँछन् । विश्वभर क्षयरोगका कुल बिरामीमध्ये झन्डै ३० प्रतिशत अर्थात् ३० लाखजति भारतमा रहेकाले नेपालका लागि समेत टाउको दुखाइ भएको विज्ञहरू औंल्याउँछन् ।

क्षयरोग ब्याक्टेरियाको संक्रमणका कारण हुने सरुवा रोग हो । क्षयरोगका कारण सामान्यतया फोक्सोमा संक्रमण हुन्छ । फोक्सोबाहेक ढाडको हाड, मिर्गौला, मस्तिष्क, आन्द्रा र गर्भाशयमा पनि यसको संक्रमण हुन सक्छ । क्षयरोग लागेका बेला खोकीसँगै खकारमा रगत, छाती दुख्ने, तौल घट्ने, कमजोरी हुने, ज्वरो आउने र राति पसिना निस्किने लक्षण देखिन्छन् । औषधि प्रतिरोधी क्षयरोगको लक्षण पनि उस्तै हुन्छ । लक्षण सामान्य क्षयरोगजस्तै भए पनि औषधि प्रतिरोधी क्षयरोग संक्रमणको सबैभन्दा बढी गम्भीर र जटिल रूप हो । यो संक्रमण भएको खण्डमा क्षयरोगमा प्रयोग गरिने धेरैजसो औषधिले काम गर्दैन । क्षयरोगको यो अवस्था बिरामीका लागि बढी खतरनाक मानिन्छ । यस्तो संक्रमणका बेला पनि क्षयरोगकै जस्तो लक्षण देखिन्छ ।

डा. शाहका अनुसार नेपालमा औषधि प्रतिरोधी क्षयरोगको उपचार सफलताको दर ७५ प्रतिशत छ । यो दर अन्य मुलुकको तुलनामा राम्रो हो । विज्ञहरूका अनुसार अन्य मुलुकमा त्यस्ता बिरामीमध्ये ५० प्रतिशत मात्र पूर्णरूपमा निको हुने गरेका छन् । ‘औषधि प्रतिरोधी क्षयरोगकै कारण बढी मृत्यु देखिएको छ, बिरामीमा जसरी क्षयरोगको औषधिप्रति प्रतिरोध बढ्दै जान्छ, त्यही अनुपातमा मृत्यु दरसमेत बढ्दै जान्छ,’ उनले भने ।

नेपालमा औषधि प्रतिरोधी क्षयरोगको दुवै स्वरूप ‘मल्टी ड्र्रग रेसिस्टेन्ट टीबी’ र ‘एक्सटेन्सिभली ड्र्रग रेसिस्टेन्ट टीबी’ पहिचान भइसकेको छ । क्षयरोगको औषधि सेवनमा लापरबाही गर्दा बिरामीमा औषधि प्रतिरोधी क्षयरोग विकास हुने बढी जोखिम रहन्छ । औषधि प्रतिरोधी क्षयरोग भएकाबाट स्वस्थ व्यक्तिमा संक्रमण हुँदा औषधि प्रतिरोधी क्षयरोग नै सर्छ ।

औषधि प्रतिरोधी क्षयरोगको उपचार ९ महिनादेखि १८ महिनासम्म चिकित्सकको प्रत्यक्ष निगरानीमा गर्नुपर्छ । त्यस्ता बिरामीलाई उपचारमा जान प्रेरित गर्न सरकारले पोषण तथा यातायात खर्चका रूपमा ३ हजार रुपैयाँसमेत दिने गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article क्षयरोगका कारण नेपालमा वर्षेनी १७ हजार जनाको मृत्यु
Next article नेत्रज्योतिद्धारा एक वर्षमा ३० लाखको आँखा जाँच र २ लाख ७२ हजारको शल्यक्रिया

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131641
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web