• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मिर्गौलासँगै कलेजो प्रत्यारोपणमा फड्को मार्दै एचओटिसी : ११ औँ कलेजो प्रत्यारोपण

June 1st, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिर्गौलासँगै कलेजो प्रत्यारोपणमा फड्को मार्दै एचओटिसी : ११ औँ कलेजो प्रत्यारोपण

हेल्थ टुडे,
भक्तपुर, १८ जेठ : भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र ( एचओटिसी ) ले मिर्गौला प्रत्यारोपणसँगै कलेजो प्रत्यारोपणमा पनि फड्को मान थालेको छ । एचओटिसीले हालै ११ औं कलेजो प्रत्यारोपण गरिएको छ । गत आइतबार दाङका ४२ वर्षीय बाबुराम विश्वकर्माको कलेजो प्रत्यारोपण गरिएको हो । उनलाई आफ्नै श्रीमती ३७ बर्षीया आशा सुनारले कलेजो दान गरेकी हुन् ।
प्रत्यारोपण शल्यक्रियाको नेतृत्व कलेजो तथा मृर्गौला प्रत्यारोपण शल्य चिकित्सक तथा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले गरेका थिए । प्रत्यारोपणमा भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलबाट आएका चिकित्सक टोलीले सघाएको थियो ।
केन्द्रका निर्देशक डा श्रेष्ठले प्रत्यारोपित र अंगदाता दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।सो प्रत्यारोपणमा सर्जन डा. रोशन घिमिरे, डा.सपना बर्मा, डा. ललित कुमार दास, कलेजो फिजिसियन डा. कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठ, डा. रश्मित श्रेष्ठ, डा. शिवसुन्दर जचल संलग्न थिए । त्यस्तै, रेडियोलोजी विभागको नेतृत्व डा. समिर दवाडी, डा विवेक नेपाल, डा जस्मिन जोशीले गरेका थिए भने पूजा कोइराला नेतृत्वमा बबिता लवजु, अनिता कार्कीलगायतको नर्सिङ टोलीले प्रत्यारोपणमा सघाएको थियो । त्यसैगरी प्रत्यारोपण कार्यको संयोजन कोर्डिनेरहरु डा स्वस्तिक प्रधानाङ्ग, तारा साँध, अर्चना बगाले, सरु कोजु र सनिषा कार्कीले गरेका थिए ।

मुलुकमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको यस केन्द्रले हालसम्म ११ जनाको प्रत्यारोपण गरिसकेको छ । प्रत्यारोपणमा हाल सम्म ८ जनामा जिवित दाताबाट र ३ जनामा मस्तिष्क मृत्युबाट प्राप्त कलेजो प्रत्यारोपण गरिएको छ । केन्द्रमा जम्मा रु १५ लाखमै कलेजो प्रत्यारोपण हुने गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मन्त्री बस्नेतले गरे गंगालाल र मेडिकेयरको अनुगमन, बिरामीको सहज उपचारमा जोड
Next article सूर्तिजन्य पदार्थमा कर नबढाएकोमा आपत्ति

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133389
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

70
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

54
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web