• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

१० प्रतिसत शैया निःशुल्क गरे अधिकांश समस्या समाधन : स्वास्थ्य मन्त्री बस्नेत

June 14th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
१० प्रतिसत शैया निःशुल्क गरे अधिकांश समस्या समाधन : स्वास्थ्य मन्त्री बस्नेत

हेल्थ टुडे,
काठमाडौँ, ३१ जेठ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले हरेक अस्पतालले नियम अनुसार १० प्रतिसत शैया विपन्नका लागि छुट्याएर उपचार सेवा दिने व्यवस्था कार्यन्वयन हुन सके धेरैजसो समस्या समाधान हुने बताएका छन् ।
जावलाखेलस्थित लाईफलाईन हेल्थकेयर पोलिक्लिनिक एवं वेलनेसले बुधबार आयोजना गरेको वृहत निशुल्क स्वास्थ्य सिविर तथा रक्तदान कार्यक्रमको अवसरमा स्वास्थ्य मन्त्री बस्नेतले हरेक अस्पतालले नियम अनुसार १० प्रतिसत शैया विपन्नका लागि छुट्याएर निःशुल्क उपचार उपलब्ध गराएमा अधिकांश विपन्न र असहायले सहज ढंगले उपचार पाउने अवस्था रहेको बताए ।
बस्नेतले भने, ‘स्थानिय निकायमा वडा अध्यक्षले विपन्नका लागि गरेको सिफारिस अनुसार सबै अस्पतालहरुले निःशुल्क उपचारको व्यवस्था गरेर आफ्नो दायित्व निर्वाह गर्नु पर्छ । यसले धेरै जसो समस्याको हल हुन्छ ।’
सूर्तिजन्य पदार्थमा कर बढाएर विपन्नको उपचार निशुल्क उपचार गर्न सकिने जिकिर गर्दै मन्त्री बस्नेतले त्यो अभियान पुरा गरेरै छाड्ने बताए ।
कोभिड १९ को बेलादेखि नै आफु विरामीको निशुल्क उपचार सेवाका लागि औषधि, अक्सिजन सिलिन्डर र सर्जिकल सामग्री बोकेर विभिन्न जिल्ला पुगेको दाबी गर्दै मन्त्री बस्नेतले निशुल्क स्वास्थ्य सिविरहरुबाट पनि हजारौ विरामी लाभान्वित हुने गरेकोमा जोड दिए ।
मन्त्री बस्नेतले स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पती भएको बताउदै हरेक व्यक्तिले दैनिक एक घण्टा आफ्नो स्वास्थ्यका लागि छुट्याउनु पर्ने सुझाव दिए ।
कार्यक्रममा निशुल्क स्वास्थ्य सिविर सञ्चालनमा योगदान गरेका विभिन्न व्यक्तित्वहरुलाई स्वास्थ्य मन्त्री बस्नेतले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कोभिड १९ का बेला स्थापना भएको लाईफलाईन हेल्थकेयरले बिगत ८ महिनादेखि पोलिक्लिनिकको रुपमा उपचार सेवा प्रदान गरिरहेको छ ।
यसले देशका विभिन्न भागमा स्वास्थ्य सिविर सञ्चालन गरेर विपन्न विरामीलाई उपचारमा सहजिकरण गर्दै आइरहेको हेल्थकेयरका वोर्ड अफ डाइरेक्टर समिर जोशीले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल शहीद गंगालाल हृदयरोग केन्द्र भर्ना
Next article स्वास्थ्य मन्त्री बस्नेत र बेलायती राजदूतबिच विदाई भेट

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web