• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

१० प्रतिसत शैया निःशुल्क गरे अधिकांश समस्या समाधन : स्वास्थ्य मन्त्री बस्नेत

June 14th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
१० प्रतिसत शैया निःशुल्क गरे अधिकांश समस्या समाधन : स्वास्थ्य मन्त्री बस्नेत

हेल्थ टुडे,
काठमाडौँ, ३१ जेठ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले हरेक अस्पतालले नियम अनुसार १० प्रतिसत शैया विपन्नका लागि छुट्याएर उपचार सेवा दिने व्यवस्था कार्यन्वयन हुन सके धेरैजसो समस्या समाधान हुने बताएका छन् ।
जावलाखेलस्थित लाईफलाईन हेल्थकेयर पोलिक्लिनिक एवं वेलनेसले बुधबार आयोजना गरेको वृहत निशुल्क स्वास्थ्य सिविर तथा रक्तदान कार्यक्रमको अवसरमा स्वास्थ्य मन्त्री बस्नेतले हरेक अस्पतालले नियम अनुसार १० प्रतिसत शैया विपन्नका लागि छुट्याएर निःशुल्क उपचार उपलब्ध गराएमा अधिकांश विपन्न र असहायले सहज ढंगले उपचार पाउने अवस्था रहेको बताए ।
बस्नेतले भने, ‘स्थानिय निकायमा वडा अध्यक्षले विपन्नका लागि गरेको सिफारिस अनुसार सबै अस्पतालहरुले निःशुल्क उपचारको व्यवस्था गरेर आफ्नो दायित्व निर्वाह गर्नु पर्छ । यसले धेरै जसो समस्याको हल हुन्छ ।’
सूर्तिजन्य पदार्थमा कर बढाएर विपन्नको उपचार निशुल्क उपचार गर्न सकिने जिकिर गर्दै मन्त्री बस्नेतले त्यो अभियान पुरा गरेरै छाड्ने बताए ।
कोभिड १९ को बेलादेखि नै आफु विरामीको निशुल्क उपचार सेवाका लागि औषधि, अक्सिजन सिलिन्डर र सर्जिकल सामग्री बोकेर विभिन्न जिल्ला पुगेको दाबी गर्दै मन्त्री बस्नेतले निशुल्क स्वास्थ्य सिविरहरुबाट पनि हजारौ विरामी लाभान्वित हुने गरेकोमा जोड दिए ।
मन्त्री बस्नेतले स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पती भएको बताउदै हरेक व्यक्तिले दैनिक एक घण्टा आफ्नो स्वास्थ्यका लागि छुट्याउनु पर्ने सुझाव दिए ।
कार्यक्रममा निशुल्क स्वास्थ्य सिविर सञ्चालनमा योगदान गरेका विभिन्न व्यक्तित्वहरुलाई स्वास्थ्य मन्त्री बस्नेतले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कोभिड १९ का बेला स्थापना भएको लाईफलाईन हेल्थकेयरले बिगत ८ महिनादेखि पोलिक्लिनिकको रुपमा उपचार सेवा प्रदान गरिरहेको छ ।
यसले देशका विभिन्न भागमा स्वास्थ्य सिविर सञ्चालन गरेर विपन्न विरामीलाई उपचारमा सहजिकरण गर्दै आइरहेको हेल्थकेयरका वोर्ड अफ डाइरेक्टर समिर जोशीले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्री बस्नेत र बेलायती राजदूतबिच विदाई भेट
Next article मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल शहीद गंगालाल हृदयरोग केन्द्र भर्ना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134424
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web