• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या

June 22nd, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या

हेल्थ टुडे,
काठमाडौं, ७ असार : नेपाल नेत्रज्योति सङ्घ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब आठ लाख बालबालिका लाभान्वित भएका छन् । आँखा जाँच गरिएकामध्ये चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या देखिएको छ ।
अर्विसको आर्थिक सहयोगमा सङ्घले सञ्चालन गरेको उक्त परियोजनामार्फत झापा, मोरङ, पर्सा, सुनसरी र सिराहा जिल्लाका सात लाख ८५ हजार चार सय ६० बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिएको हो।
सन् २०१८ देखि २०२२ सम्म सञ्चालित परियोजनामार्फत ६ देखि १८ वर्षसम्मका विद्यालय जाने र नजाने बालबालिकाको आँखा परीक्षण गरिएको थियो । सङ्घका कार्यक्रम व्यवस्थापक रञ्जन शाहले आँखा परीक्षण पश्चात् समस्या देखिएका बालबालिकालाई निःशुल्क चस्मा तथा शल्यक्रियासमेत गरिएको बताए ।

उक्त परियोजनामार्फत चार वर्षमा दुई हजार पाँच सय ५५ वटा निजी तथा सामुदायिक विद्यालयहरुमा आँखा जाँच गरिएको थियो। उनले उक्त जाँचका क्रममा दृष्टिमा समस्या देखिएका २० हजार तीन सय ८० बालबालिकालाई निःशुल्क चस्मा वितरण गर्नाका साथै दुई सय एकजना बालबालिकाको आँखाको निःशुल्क शल्यक्रियासमेत गरिएको जानकारी दिए ।
कार्यक्रम व्यवस्थापक शाहका अनुसार आँखा जाँच गरी वितरण गरिएको चस्मामध्ये ६३ प्रतिशत बालबालिकाले मात्र नियमित रुपमा चस्मा प्रयोग गरिरहेका छन्। ‘चस्मा लगाउँदा साथीहरुले जिस्क्याउने, आमाबाबुले छोरीलाई विवाह गर्न कठिनाइ हुने भन्दै चस्मा लगाउन नदिने, चस्मा लगाउँदा सहजता नहुने र लजाउने जस्ता कारणहरुले पनि बालबालिकाहरुले नियमित रुपमा चस्मा नलगाएको देखिन्छ”, उनले भने ।
उनका अनुसार यसरी वितरण गरिएका चस्माको नियमित प्रयोगबाट ती विद्यार्थीहरुको शैक्षिकस्तरमा समेत उन्नति भएको छ, उनीहरुको दैनिकीमा समेत धेरै नै परिवर्तन आएको देखिएको छ ।
आर.एम केडिया आँखा अस्पताल,सगरमाथा चौधरी आँखा अस्पताल, विराटनगर आँखा अस्पताल र मेची आँखा अस्पतालमार्फत ती जिल्लाहरुमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले सङ्घले कोही पनि नागरिकहरु पहुँच र पैसाको अभावमा आँखा उपचार सेवाबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले विभिन्न दातृ निकायहरुसँगको सहकार्यमा देशैभरि विभिन्न निःशुल्क शिविर आयोजना गरिरहेको जानकारी दिए ।
परियोजनाले कार्यक्रम सञ्चालित जिल्लाका महिला स्वास्थ्य स्वयम्सेविका, शिक्षक तथा विद्यायलका ‘भिजन एम्ब्यास्डर’लाई आँखा जाँचसम्बन्धी आधारभूत तालिमसमेत प्रदान गरिएको थियो।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा प्रा. डा. भुपेन्द्रकुमार बस्नेत नियुक्त
Next article स्वास्थ्य मन्त्री बस्नेतलाई एमाले स्वास्थ्य विभागको ११ बुँदे ज्ञापन पत्र

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134300
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web