• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उपत्यकामा एकै दिन १०१ फार्मेसी अनुगमन, १० वटा फार्मेसी सिल

July 24th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उपत्यकामा एकै दिन १०१ फार्मेसी अनुगमन, १० वटा फार्मेसी सिल


हेल्थ टुडे,

काठमाडौं, ८ साउन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै दिन काठमाडौं उपत्यकामा १०१ वटा फार्मेसी (औषधि पशल) को अनुगमन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशन अनुसार मन्त्रालयले २० वटा टोली बनाएर सोमबार उपत्यकाका विभिन्न क्षेत्रमा अनुगमनका लागि खटाएको थियो । अधिकांश फार्मेसीहरुले फर्मासिस्टको प्रमाणपत्र भाडामा लिएर अर्कै व्यक्तिलाई कर्मचारी बनाएर फार्मेसी चलाईरहेको, औषधि व्यवस्था विभागले तोकेका मापदण्ड पुरा नगरेको र अनुमति नलिएर समेत फार्मेसी चलाइरहेको गुनासो आएपछि मन्त्री बस्नेतले देश भरि नै फार्मेसीहरुको अनुगमनलाई व्यापकता दिन औषधि व्यवस्था विभागलाई निर्देशन दिएका थिए ।
उपत्यकामा गरिएको अनुगमनमा खटाइएका टोलीले नियम विपरित सञ्चालित १० वटा फार्मेसीलाई सिल गरेको छ भने दुई दर्जनभन्दा बढीलाई सचेत पत्र दिएको छ । मन्त्री बस्नेत स्वयं अनुगमनमा निस्किएका थिए । अनुगमन टोलीमा औषधि व्यवस्था विभाग, मन्त्रालय र स्वास्थ्य सेवा विभागका विज्ञ कर्मचारी संलग्न थिए । अनुगमन टोलीले सोमबार साझ मन्त्री बस्नेत समक्ष आफ््नो टोलीले गरेको अनुगमन र फार्मेसी सञ्चालनको अवस्थाका बिषयमा जानकारी गराएका छन् । अनुगमन टोलीका संयोजकहरुका अनुसार अर्कै फर्मासिस्टको सर्टिपिकेट राखेर फार्मेसी चलाइरहेकोको संख्या उल्लेख्य छ । त्यसैगरि विक्रि बितरण गर्ने अनुमती नै नल्याएर न्युटास्युटिकल सामग्रि पनि फार्मेसीबाट बिक्री बितरण गर्ने गरेको, म्याद गुज्रिएका औषधिको भण्डार अलग गरेर नराखिएको, दर्ता नै नभएका र सरसफाईमा ध्यान नदिएको जस्ता साझा समस्या देखिएको छ । अनुगमनमा संलग्न डा. हेमन्त ओझाले आफूहरुले निरिक्षणको क्रममा दर्ता नै नगरि फार्मेसी सञ्चालन गरिरहेको पाएपछि सिल गरेको बताए । गोकर्णेश्वरमा दर्ता नै नगरिएका औषधि पशल फेला परेपछि दुई वटा सिल नै गरिएको अर्का टोलीका संयोजक सागर दाहालले बताए ।
छलफमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले साृेमबार गरिएको व्यापक अनुगमनले सबैको आँखा खोलेको बताउदै यसलाई भविश्यमा पनि व्यापकता दिइने बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले अनुगमनबाट उपत्यकामै ठूलो संख्यामा फार्मेसी नियम बिपरित सञ्चालन भइरहेको पाइएकोले अनुगमनलाई निरन्तरता दिन औषधि व्यवस्था विभागका महानिर्देशक ढकाललाई निर्देशन दिए । जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने फार्मेसीलाई तत्काल कारवाही गर्ने र राम्रो तरिकाले चलेका फार्मेसीहरुलाई प्रशंसापत्र दिएर राम्रो काम गर्न प्रोत्साहन गर्न समेत मन्त्री बस्नेतले ढकाललाई सल्लाह दिए । औषधि व्यवस्था विभागमा जनशक्तिको अभाव तत्कालका लागि परिपुर्ति गर्न फार्मेसीमा इन्टर्न गर्न आउनेहरुलाई औषधि विभागमा पठाउन मन्त्री बस्नेतले स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई निर्देशन दिए । छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेलले देश भरि नै अनुगमन भइरहेको र यसले सुखद परिणाम ल्याउने विश्वास व्यक्त गरे ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल चिकित्सक संघ र स्वास्थ्य अनुसन्धान परिषदबिच स्वास्थ्य अनुसन्धानमा सहकार्य
Next article सोल्टी होटलले दियो डा. भगवान कोइरालाको बाल अस्पताललाई २५ लाख

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132898
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web