• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालसहित १८ देशमा फेसबुक र इन्स्टाग्राममा मदिराजन्य पदार्थका विज्ञापनमा रोक

August 29th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालसहित १८ देशमा फेसबुक र इन्स्टाग्राममा मदिराजन्य पदार्थका विज्ञापनमा रोक

हेल्थ टुडे,
काठमाडौँ, १२ भदौ : नेपालमा अब फेसबुक र इन्स्टाग्राममा मदिराजन्य पदार्थका विज्ञापनहरु देख्न नपाइने भएको छ । फेसबुक र इन्स्टाग्रामको मुख्य सञ्चालक मेटाले आज सूचना जारी गर्दै मदिराजन्य पदार्थका विज्ञापनमा रोक लगाइएको जनाएको हो ।
उसले सूचनामा नेपाल सहित १८ वटा देशमा त्यहाँको कानूनले मदिराजन्य पदार्थको विज्ञापन सामाजिक सञ्जालमा गर्न निषेध गरेको उल्लेख गर्दै त्यसको पालना आफुहरुले गरेको बताएको छ ।
मेटाले दक्षिण पूर्वी एसियाका देशहरुमध्ये नेपालसहित अफगानिस्तान, बंगलादेश, भारतका निश्चित प्रान्तहरु, थाइल्याण्ड र पाकिस्तानमा मदिराजन्य विज्ञापनहरु आफ्नो सोसल मिडिया प्लेटफर्महरुमा रोक लगाएको हो । यस्तै, ब्रुनाई, इजिप्ट, जिम्बाबे, कुवेत, लिबिया, लिथुनिया, नर्वे, रसिया, साउदी अरब, टर्की र युएई र यमनमा पनि मदिराजन्य विज्ञापनमा रोक लगाएको छ ।
त्यसो त गत ११ फागुनमा सर्बोच्च अदालतले नेपालमा मदिराजन्य पदार्थको सार्वजनिक विज्ञापन गर्न नपाउने आदेश दिएको थियो । उक्त आदेशलाई सम्मान गर्दै मेटाले नेपालभित्र संचालित फेसबुक र इस्टाग्रामका एकाउण्टमा मदिराजन्य विज्ञापन गर्न र हेर्न नपाइने व्यवस्था गरेको हो ।
उपभोक्ता हित संरक्षण मञ्चका ज्योति बानियाले फेसबुक र इन्स्ट्राग्रामले गरेको निर्णय प्रति खुशी व्यक्त गरेका छन् । मञ्चले पत्रपत्रिका तथा अनलाइन तथा सामाजिक सञ्जालमा मदिराजन्य पदार्थका विज्ञापन रोक्न माग गर्दै सर्बोच्चमा रिट दायर गरेको थियो ।
उक्त रिटमा सर्बोच्चले आदेश जारी गर्दै नेपालमा पत्रपत्रिका तथा अनलाइन र सामाजिक सञ्जालतमा मदिराजन्य पदार्थको विज्ञापन गर्न नपाइने आदेश जारी गरेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा कैलाशकुमार पनेरु नियुक्त
Next article शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा उत्कृष्ठ छ : स्वास्थ्य मन्त्री बस्नेत

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133387
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

60
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

46
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web