• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेमो डायलासिस सेवा

September 1st, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेमो डायलासिस सेवा

हेल्थ टुडे,
जुम्ला, १५ भदौ : मिर्गौला फेल भएका बिरामीहरुका लागि अत्यावश्यक मानिने हेमो डायलासिस सेवा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सुरु भएको छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार जुम्ला पुगेर डायलाइसिस सेवाको शुभारम्भ गरेका छन् ।

सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ६ वटा डायलाइसिस मेसिन दिएको छ। तर अहिले दुई मेसिनमात्र प्रयोगमा ल्याइएको छ। बिरामीको चापअनुसार मेसिनहरू जडान गरेर सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ।

हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले सिटिस्क्यान, एक्स–रे, डायलाइसिस, हाडजोर्नी, नसारोग, बालरोग, स्त्रीरोग, नाक, कान, घाँटी र छाला रोगसम्बन्धी सेवा दिइरहेको छ।

प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले डायलाइसिस सेवा सुरु भएपछि मिर्गौला रोगीले जुम्लामै सेवा पाउने बताए। उनले यस क्षेत्रका नागरिकलाई अब अन्य ठाउँमा जानुपर्ने बाध्यताको अन्त्य भएको बताए।

डायलाइसिस सेवा संचालनको लागि अहिले जनशक्तिको समस्या नभएको उनले जानकारी दिए ।
जुम्लामा यसपटक मन्त्री बस्नेतसंगै स्वास्थ्य सचिव देवकुमारी गुरागाई, नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेल, विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा राजेश सम्भाजी राव पाण्डव लगायतका टोली समेत पुगेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article औषधिको जथाभावी प्रयोग रोक्न औषधिको खोलमा रातो धर्का राख्नै पर्ने
Next article नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा कैलाशकुमार पनेरु नियुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

148
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

133
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web