• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उपभोक्ता हित संरक्षण मञ्चलाई संयुक्त राष्ट्रसंघको ‘यूएन इन्टरएजेन्सी टास्क फोर्स अवार्ड ’

September 20th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,
काठमाडौं, ३ आसोज : उपभोक्ता अधिकारकर्मी ज्योति बानिया नेतृत्वको उपभोक्ता हित संरक्षण मञ्चले संयुक्त राष्ट्रसंघको ‘यूएन इन्टरएजेन्सी टास्क फोर्स अवार्ड २०२३ ’ प्राप्त गरेको छ । अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको महासभामा धुम्रमान र मध्यपानको सेवन न्यूनिकरणमा अथक प्रयास गर्दै नसर्ने रोगको रोकथाममा उल्लेखनिय योगदान गरेको मूल्यांकन गर्दै संयुक्त राष्ट्रसंघले मञ्चलाई यो अवार्ड प्रदान गरेको जनाएको छ ।
यो अवार्डको घोषणा संयुक्त राष्ट्रसंघको सभाले मंगलबार राति गरेको हो । यो अवार्ड नेपालले पहिलो पटक पाएको हो । राष्ट्रसंघले नसर्ने रोग र मानसिक स्वास्थ्मा उल्लेख्य भूमिका निभाएकोमा सरकारी तर्फ निकारागुवा, लेवनान, ओमन र कोस्टारिकाको स्वास्थ्य मन्त्रालयलाई पनि अवार्ड प्रदान गरेको छ भने गैरसरकारी संस्थाहरुमध्ये अमेरिकाको हेल्थ फाइनान्सिङ इन्स्टिच्युट, चेक रिपब्लिकको लूनो र नेपालको उपभोक्ता हित संरक्षण मञ्च रहेका छन् । महासभाको अवार्ड घोषणा समारोहमा मञ्चका अध्यक्ष बानिया भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।
बानियाले भर्चुअल माध्यमबाट छोटो सम्बोधन पनि गरेका थिए । २९ वर्षदेखि निरन्तर मञ्चले जनस्वास्थ्य अधिकार सहित उपभोक्ता अधिकारका क्षेत्रमा गरिरहेको कामको कुनै न कुनै रुपमा मूल्यांकन भएको भन्दै मञ्चका अध्यक्ष बानियाले खुशी व्यक्त गर्दै यो अवार्डले मञ्चलाई अझै गहन जिम्मेवारी थपिएको प्रतिकृया दिए । बानिया नेतृत्वको उपभोक्ता हित संरक्षण मञ्चले नेपालमा सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानून बनाउने, सूर्तिजन्य पदार्थका विरुद्व पैरवी गर्ने, विज्ञापन रोक लगाउने, सूर्तिजन्य उद्योग बन्द गराउने, मदिराको विज्ञापन रोक लगाउने जस्ता कुरामा राज्यलाई दवाव दिदै आइरहेको छ ।
नेपालमा सूर्तिजन्य पदार्थ विरुद्वको ऐन ल्याउनमा मञ्च र यसका अध्यक्ष बानियाको ठूलो योगदान रहेको छ । अवार्ड प्राप्त हुने खबर पाएपछि मञ्च सहित उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत संस्थाहरुले मंगलबार राजधानीमा उपभोक्ता अधिकारको अवस्थामा राज्यको दायित्व बिषयक अन्तरक्रिया र खुशीयाली कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु वराल, एमालेका सांसद जितु गौतम, माओवादीका सांसद रणेन्द्र बराइली र वाणिज्य विभागका महानिर्देशक तिर्थराज चिलवाल लगायतले उपभोक्ता अधिकारका बिषयमा आआफ्ना धारणा व्यक्त गरेका थिए । मञ्चलाई यो भन्दा पहिले पनि विश्व स्वास्थ्य संगठनले सन् २०१४ मा पनि सूर्तिजन्य पदार्थको न्यूनिकरणमा योगदान गरेको भन्दै पुरस्कृत गरेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article टिकटक प्रतियोगिता गर्दै नेत्रज्योति संघ, उत्कृष्टलाई ५० हजार पुरस्कार
Next article वीरको न्यूरो सर्जरी विभाग प्रमुख डा.झालाई ‘नेपाल विद्याभूषण पदक क’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134304
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web