• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्री बस्नेत सम्मानित

September 25th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,
काठमाडौं, ८ असोज : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत सम्मानित भएका छन् । नेपाल फार्मेसी संघले सोमबार राजधानीमा आयोजित विश्व फार्मेसी दिवसको अवसर पारेर मन्त्री बस्नेतलाई सम्मान गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री बस्नेतले फार्मेसीहरुको अनुगमनलाई तिव्रता दिएको, कानून विपरित चलेका फार्मेसीहरुलाई सजाय गरेको, राम्रा काम गर्नेलाई पुरस्कृत गर्ने परिपाटीको विकास गरेको, फार्मेसीका क्षेत्रमा जनचेतना बिस्तार गरेको र समग्र फार्मेसी क्षेत्रको मनोवल उच्च राख्ने जस्ता उल्लेखनिय काम गरेकोले संघले बस्नेतलाई सम्मान गरेको हो । नेपाल फार्मेसी संघका अध्यक्ष किरण ढकाल सहित फार्मेसी क्षेत्रका अगुवा व्यक्तित्वहरुले मन्त्री बस्नेतलाई सम्मान पत्रबाट सम्मानित गरेको थियो ।
मन्त्री बस्नेतले आफु मन्त्री पद सम्हाले देखि नै फार्मेसीहरुलाई कानून सम्मत ढंगले सञ्चालन गर्न आग्रह गर्दै अनुगमन र निरिक्षणलाई जोड दिदै आइरहेका छन । मन्त्री बस्नेतकै निर्देशनमा गत महिना औषधि व्यवस्था विभागको नेतृत्वमा देशै भरि एक साथ फार्मेसीहरुको कडा अनुगमन भएको थियो । उपत्यकामा मात्र एकै दिन १०१ फार्मेसीको अनुगमन भएको थियो । जसमध्ये १० वटा फार्मेसीलाई कारवाही गरिएको थियो । त्यसपछिका दिनमा पनि मन्त्री बस्नेतकै निर्देशन र सक्रियतामा औषधि व्यवस्था विभागले अनुगमनलाई निरन्तरता दिदै आइरहेको छ । देश भरि अहिले ३० हजार भन्दा बढी फार्मेसी सञ्चालनमा रहेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सक संघको राष्ट्रिय स्वास्थ्य सम्मेलन यही असोज १२ र १३ मा हुने
Next article छलाङ मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र, भदौमा मात्रै २८ जनाको प्रत्यारोपण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132290
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web