• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

४५ वर्षपछि बन्न लागेको औषधि ऐनका बिषयमा सरोकारवालासँग विभागको अन्तरक्रिया

January 11th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
४५ वर्षपछि बन्न लागेको औषधि ऐनका बिषयमा सरोकारवालासँग विभागको अन्तरक्रिया

हेल्थ टुडे,
काठमाडौं, २६ पुष : औषधि व्यवस्था विभागले प्रस्तावित औषधि विधेयकका विषयमा बुधबार राजधानीमा सरोकारवालाहरुसँग व्यापक छलफल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको पहलमा औषधि व्यवस्था विभागको समुन्वयमा कानून आयोगले औषधि विधेयकको मस्यौदा बनाएर सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको हो ।
४५ वर्ष पहिले विसं २०३५ सालमा बनेको औषधि ऐन समयसापेक्ष नभएकोले त्यसको सट्टा नयाँ औषधि ऐन ल्याउन आवश्यक भएकाले यो ऐनको मस्यौदा तयार पारिएको हो । छलफल तथा अन्तरक्रिया कार्यक्रममा औषधि र चिकित्सा क्षेत्रसँग सम्बन्धित विभिन्न पेसागत संगठनहरु नेपाल औषधि उत्पादक संघ, नेपाल फार्मेसी संघ, नेपाल औषधि व्यवसायी संघ, उपभोक्ता संघ, नेपाल चिकित्सक संघ, नेपाल मेडिकल काउन्सिल, आयुर्वेद उत्पादक संघ लगायतका औषधिका क्षेत्रमा कार्यरत सरोकारवाला र विज्ञहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोसन पोखरेलले विद्यमान औषधि ऐन पुरानो भएकाले समय सापेक्ष नयाँ ऐन बनाउनु पर्ने आवश्यकता रहेकोले मस्यौदा तयार पारेर सरोकारवालाहरुको सल्लाह सुझाव लिइएको बताए । विधेयकको प्रारम्भिक मस्यौदा भएकाले सरोकारवालाको सल्लाह र सुझावको आधारमा ऐनलाई अन्तिम रुप दिएर आवश्यक छलफलका लागि कानून मन्त्रालय हुदै संसदमा पठाइने सचिव डा. पोखरेलले जानकारी दिए । डा.पोखरेलले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अहिलेको जनशक्तिले संभव नभएको औल्याउदै अहिले स्वास्थ्य मन्त्रालयको पूर्ण ध्यान स्वास्थ्यमा बढी से बढी जनशक्ति थप्नेमा केन्द्रीत रहेको बताए । कानून आयोगका सचिव तोयानाथ अधिकारीले सबैको हितमा हुने गरि ऐन बनाइने दाबी गर्दै अर्को पटक पनि सरोकारवाला निकायका प्रतिनिधि छलफल गरेर मात्र ऐनको मस्यौदालाई अन्तिम रुप दिइने बताए । नयाँ बन्न लागेको औषधि ऐन लागु गर्न सकिने र सबैले अपनत्व लिन सक्ने किसिमले बनाइने जानकारी सचिव अधिकारीले दिए । औषधि व्ववस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले ४५ वर्ष पुरानो औषधि ऐनलाई ६ पटक संसोधन गरेर टालटुल गरेर काम चलाईएको बताउदै अब पुरानोले काम नचल्ने अवस्था आएकोले नयाँ औषधि ऐन बनाउन लागिएको जानकारी दिए ।
महानिर्देशक ढकालले सरोकारवाल निकायका सुझाव लिएर ऐन बनाउने प्रयास सकारात्मक भएको दावी गर्दै सबैको सल्लाह सुझावका आधारमा बन्ने कानून दिगो र भरपर्दो हुने बताए । ढकालले भने, औषधिका बिषयमा यत्तिका सरोकारवाला बोलाएर छलफल गराएर ऐन बनाउन लागेको यो पहिलो पटक हो । सबैको सल्लाह र सुझावका आधारमा विधेयकलाई अन्तिम रुप दिइने उनको भनाई थियो । अन्तरक्रिया एंव छलफल कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिलविक्रम कार्कीले प्रस्ताविक विधेयक औषधिको बिषयमा मात्र केन्द्रित हुनु पर्ने बताउदै यसमा सौन्दर्य प्रसाधनका साधन र सर्जिकल सामग्रीलाई समेटनु खोज्नस नहुने सल्लाह दिए । उनले नेपाल चिकित्सक संघको प्रतिनिधित्वलाई ऐनले स्विकार गरेर अगाडि बढ्नु पर्ने बताए । देउराली जनता फर्मास्यिूटिकल्सका प्रमुख हरिभक्त शर्माले सरकारले औषधिको मूल्य तोक्ने प्रावधान राख्न नहुनेमा जोड दिदै ऐन प्रशासनमुखी हुनु भन्दा कार्यन्वयनमुखी हुनु पर्ने सल्लाह दिए ।
नेपाल औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बरालले उद्योगी व्यवसायीलाई नियन्त्रण गर्ने मनसायले ऐन बनाउनु भन्दा स्वदेशी औषधि उद्योगको विकास र विस्तार गर्ने कुरा पनि ऐनले समेटनु पर्ने बताए । कार्यक्रममा कानून मन्त्रालयकी सहसचिव निर्मला अधिकारी, औषधि व्यवसायी संघका अध्यक्ष प्रकाश ठण्डेलवाल, औषधि उत्पादक संघका पूर्व अध्यक्ष प्रज्ज्वलजंग पाण्डे, आयुर्वेद औषधि उत्पादक संघका सुमन पाण्डे, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि र उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना लगायतले औषधि ऐनका बिषयमा सुधार गर्नु पर्ने विभिन्न सुझाव दिएका थिए । कानून आयोगका सहसचिव पराश्वर ढुंगानाले विधेयकको प्रारम्भिक मस्यौदामा १७ परिच्छेद, १११ दफा र २ अनुसूचि रहेको जानकारी दिदै वर्तमान समयको माग र आवश्यकताका आधारमा औषधि ऐन बन्ने आशा व्यक्त गरे ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वीरमा आयो स्तन क्यान्सर परिक्षण गर्ने मेमोग्राफी, स्वास्थ्य मन्त्रीले गरे उदघाटन
Next article रुघाखोकीमा तुलसीको पात

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

148
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

148
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web