• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

चितवनमा सुरु भयो फर्मा एक्स्पो, स्वदेशी औषधिलाई प्रोत्साहन गर्न जोड

March 8th, 2024 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चितवनमा सुरु भयो फर्मा एक्स्पो, स्वदेशी औषधिलाई प्रोत्साहन गर्न  जोड

हेल्थ टुडे,
चितवन, २५ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटाले स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्ने नीति सरकारले अपनाएको बताएका छन् । नेपाल औषधि उत्पादक संघ (एपोन) ले भरतपुरमा आयोजना गरेको ‘नवौं फर्मा एक्स्पो २०२४’ को उद्घाटन गर्दै उनले सरकार र औषधि उद्योगीबिच कुनै खाडल नरहेको बताएका हुन् ।

नेपालमा के–के रोगहरु छन्, कस्ता औषधिको माग छ भन्ने कुरा अनुसन्धान गरेर औषधि उत्पादन गर्नुपर्नेमा उनको जोड थियो । नेपाली औषधि उद्योगको बजारीकरणको परम्परालाई पनि परिवर्तन गर्नुपर्ने उनको सुझाव छ । उनले भने “प्रतिष्ठित उद्योगलाई हानिनोक्सानी नहुने गरी मार्केटिङ कल्चरलाई व्यवस्थित गरेर, चुहावट रोकेर लगानी उत्पादनमा बढाउनु पर्छ ।” यसो गरिएमा मूल्य समायोजनमा ध्यान दिन सकिने देवकोटाको भनाई छ ।

उत्पादनमा, नियमनमा र प्रेस्किप्सनमा नियति भएको भन्दै डा. देवकोटाले भने “नीतिको नियतीको जिम्मा हाम्रो हो । चिकित्सक प्रेस्किप्सनको नियति, औषधि व्यवस्था विभाग लगायत नियमनमा नियति र उत्पादनमा पनि नियति छ, यो हेर्नुपर्छ ।”

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एक्स्पोले हाम्रो औषधि उत्पादनको क्षमता प्रदर्शन गरेको बताए । नेपाली औषधि उद्योगको बिकासका लागि सरोकार वाला सबैको नियत सफा हुनु पर्नेमा जोड दिदै औषधि लेख्ने डाक्टरको नियत पनि सफा हुनु पर्ने ढकालले बताए । उनले भने “चिकित्सकले विरामीलाई कुन औषधि लेख्नुहुन्छ । त्यहाँबाट नियत प्रष्ट हुन्छ ।”

व्यापार प्रतिस्पर्धा पनि भएको भन्दै उनले प्रतिस्पर्धाविना विकास हुन नसक्ने बताए । उनले भने “सरकार र निजी क्षेत्र दुवै ले प्रतिस्पर्धा चाहन्छन् ।” उनले नेपाली औषधिले काम गर्दै भन्ने सुन्न नपर्ने गरी काम गर्न आग्रह गरे ।
जाम्बियाका मेडिसिन रेगुलेटरी अथोरोटीका डाईरेक्टर माकोमानी सियान्गाले कार्यक्रमले नेपाल र लाम्बियाबीच सम्बन्ध जोडको भन्दै आफूहरु नेपालको औषधिसँग सहकार्य गर्न तयार रहेको बताए । नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल बिक्रम कार्कीले औषधि उद्योगको बिकासका लागि नीति भन्दा जिम्मेवारीमा बसेका अधिकारीको नियत खराब रहेको बताउदै नियत बद्ल्नु पर्ने आवश्यकता रहेकोमा जोड दिए। एपोनका निवर्तमान अध्यक्ष प्रज्वलजंग पाण्डले औषधिका आधारभूत कुरामा अल्झन भन्दा विश्व बजारमा कसरी पु¥याउन सकिन्छ भन्ने बारे छलफल गर्नुपर्ने बताए ।
एपोनका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले खुल्ला अर्थबजारमा मूल्य नियन्त्रित नहुने भन्दै नेपालको खुल्ला बजारमा औषधिलाई नियन्त्रणमा राख्न नहुने बताए ।
कार्यक्रमका अध्यक्ष एवं एपोनका अध्यक्ष महेश प्रधानले अहिलेको परिस्थितिमा सबै उद्योगहरु अप्ठ्यारोमा परेको भन्दै उनले संयमता अपनाउनु पर्ने समय रहेको बताए । उनले नेपालमै पाँच वटा उद्योगले उत्पादन गर्ने औषधि आयातमा निरुत्साहित गर्नुपर्ने बताए । उनले भने “सरकारी स्तरबाट खरिद गर्ने औषधि नेपाली भएसम्म विदेशी खरिद नगरौं ।”
नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) का अध्यक्ष प्रकाशकुमार खण्डेलवाल, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, चितवन उद्योग संघका पूर्व अध्यक्ष राजु पौडेल, एफिनका अध्यक्ष पदम खड्का, नेपाल केमिकल एण्ड मेडिकल सप्लायर्सका भक्त हमाल लगायतले कार्यक्रममा बोलेका थिए ।
कार्यक्रमका एक्स्पो संयोजक प्रभात रुङ्गटाले स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो ।
संघले चितवनमा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा आजदेखि २७ गतेसम्म ‘नवौं नेपाल फर्मा एक्स्पो–२०२४’ को आयोजना गरेको हो ।

एक्स्पोमा १६० वटा स्टल राखिएका छन् । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौ देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब (प्रयोगशाला), कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल पनि राखिएको छ । एक्स्पोमा उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाईएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उप प्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री यादवद्वारा पदभार ग्रहण
Next article २५ फागुनदेखि चितवनमा हुने नवौं फर्मा एक्स्पोको तयारी पुरा

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Leave a Reply Cancel reply

Timeline
Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133789
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

146
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

127
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web