• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अंगदान गर्न स्वास्थ्य मन्त्री यादवको आग्रह

March 14th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अंगदान गर्न स्वास्थ्य मन्त्री यादवको आग्रह

हेल्थ टुडे,
काठमाडौं, १ चैत : उपप्रधान मन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले अंगदान गर्न सबै नेपालीलाई आग्रह गरेका छन् । विश्व मिर्गौला दिवसको अवसरमा अंग प्रत्यारोपण समाज नेपाल र नेपाल प्रत्यारोपण सोसाइटीको आयोजनामा बिहीबार राजधानीको दशरथ रंगशालामा आयोजना गरिएको प्रत्यारोपण खेलकुलको सुभारम्भ गर्दै स्वास्थ्य मन्त्री यादवले मृत्यु पश्चात खेर जाने अंगलाई दान गर्न सकिए हजारौ विरामीको ज्यान बचाउन सकिने बताएका हुन । अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठको आग्रहमा आफुले पहिलो पटक स्वास्थ्य मन्त्री भएका बेला विसं २०७५ मै अंगदान गरिसकेको स्मरण गर्दै मन्त्री यादवले मस्तिष्क मृत्यु ( ब्रेन डेथ ) भइसकेको व्यक्ति कुनै मिराकल बाहेक बाच्ने संभावना नरहने भएकाले ब्रेन डेथ भएका व्यक्तिको अंगदानमा सहयोग गर्न परिवारका सदस्यहरुलाई समेत आग्रह गरे । कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका वरिष्ठ अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठले मिर्गौला फेल हुनबाट बचाउन खानपान र जिवनशैली सुधार्नमा हरेक व्यक्तिले ध्यान दिन आवश्यक रहेको बताए । जसपा नेत्री रञ्जु झाले मिर्गौला प्रत्यारोपणलाई सहज बनाउने गरि धेरै कानून बनिसकेको बताउदै अझै यसमा समस्या देखिए समाधानका लागि आफूहरु कानून बनाउन तयार रहेको बताइन ।
सो अवसरमा अंग प्रत्यारोपित र कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक, कर्मचारीहरु बीच मैत्रीपूर्ण फुटबल आयोजना गरिएको थियो । अंग प्रत्यारोपण गरेका व्यक्ति पनि अन्य समान्य व्यक्ति सरह जिवन यापन गर्न सक्षम छन् भन्ने भावनाको विकास गर्न उक्त खेलकुद आयोजना गर्ने गरिएको आयोजक समितिका संयोजक डा कल्पना श्रेष्ठले जनाकारी दिइन । विगत वर्षहरुमा मिर्गौला रोग उपचार र रोकथाममा काम गर्ने विभिन्न संस्थाहरुले छुट्टा छुट्टै मनाउने गरेकोमा यो वर्ष अंग प्रत्यारोपण समाज नेपाल र नेपाल प्रत्यारोपण सोसाइटी एउँटै भएपछि पहिलो पटक संयुक्त रुपमा कार्यक्रम आयोजना गर्न लागिएको हो । यस पटक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल , चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, नेपाल सोसाइटी अफ नेफ्रोलोजी, नेपाल एशोसियसन अफ युरोलोजिक सर्जन्स, अंग प्रत्यारोपण समाज नेपाल, नेपाल ट्रान्सप्लान्ट सोसाइटी, स्वास्थ्य अभियान नेपाल, नेशनल किड्नी सेन्टर र काठमाण्डौ उपत्यका भित्रका अंग प्रत्यारोपण गर्ने अस्पतालहरु तथा मस्तिष्क मृत्यु पश्चात अंग दान गराउने अस्पतालहरुको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको हो । नेपालमा प्रत्येक १० जनामध्ये १ जनालाई मिर्गौला रोग लाग्ने गरेको छ । प्रत्यक बर्ष अंग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो विहिवार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ । यस अघि विभिन्न मिर्गौला बचाउन जनचेतनामूलक सन्देश बोकेका प्लेकार्ड बोकेर रत्नपार्कबाट सुरु भएको र्याली त्रिपुरेश्वर स्थित दशरथ रंगशाला पुगेर सभामा परिणत भएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विश्व मिर्गौला दिवसको अवसरमा चैत १ गते दशरथ रंगशालामा प्रत्यारोपण खेलकुद हुने
Next article मिर्गौला, कलेजो प्रत्यारोपणसँगै मुटु उपचारमा फड्को मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133278
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

41
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

51
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web