• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 7th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चौतारा अस्पतालमा डायलाइसिस सेवा सुरु, पुर्व स्वास्थ्यमन्त्री बस्नेतले गरे शुभारम्भ

September 22nd, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चौतारा अस्पतालमा डायलाइसिस सेवा सुरु, पुर्व स्वास्थ्यमन्त्री बस्नेतले गरे शुभारम्भ

हेल्थ टुडे,
सिन्धुपाल्चोक, ६ असोज : पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद मोहनबहादुर बस्नेतले चौतारा अस्पतालमा हेमोडायलाइसिस सेवाको शुभारम्भ गरेका छन् । चौतारा अस्पतालमा आईतबार आयोजना गरिएको विशेष कार्यक्रममा पुर्व स्वास्थ्य मन्त्री बस्नेतले पाँच शैयाका डायलाइसिस सेवाको शुभारम्भ गरेका हुन । डायलाइसिस सेवा सञ्चालनमा आएपछि चौतारा आसपास र सिन्धुपाल्चोक जिल्लाका मिर्गौला फेल भएका विरामीले डायलाइसिस लागि काठमाडौं जानै पर्ने र पालो कुर्नु पर्ने बाध्यता हट्ने भएको छ । मन्त्री बस्नेतले सेवाको शुभारम्भ गरेपछि आजै देखि मिर्गौला फेल भएका विरामीको डायलाईसिस गर्न सुरु भएको छ । स्थानिय शर्मिला तामाङले पहिलो विरामीको रुपमा भर्ना भएर डायलाईसिस सेवा लिएकी छन् । पाँच वटा मेसिनबाट दैनिक १० जना विरामीको डायलाईसिस गर्न सकिने अस्पतालले जनाएको छ ।
कार्यक्रममा बोल्दै पुर्व स्वास्थ्य मन्त्री बस्नेतले सिन्धुपाल्चोकका थुप्रै मिर्गौला फेल भएका विरामीले डायलाईसिसकै लागि काठमाडौं जानु पर्ने र त्यहाँका अस्पतालहरुमा पनि पालो कुर्नु पर्ने बाध्यता रहेको स्मरण गर्दै आफु स्वास्थ्य मन्त्री हुँदा चौतारा अस्पतालमै यो सेवा उपलब्ध गराउन ५ वटा डायलाइसिस मेसिन अस्पताललाई प्रदान गर्ने निर्णय गरेको बताए । मिर्गौला फेल भएका विरामीको लागि डायलाईसिस भन्दा मिर्गौला प्रत्यारोपण गर्नु रहेको बताउदै पुर्व मन्त्री बस्नेतले त्यसको विकल्पका रुपमा मात्र डायलाईसिस रहेकोमा जोड दिए । बस्नेतले भने, ‘मिर्गौला फेल भएका विरामीका लागि उत्तम उपाय भनेकै प्रत्यारोपण हो । डायलाईसिस विकल्प मात्र हो । त्यसैले प्रत्यारोपण मै जोड दिनु पर्छ । डायलाईसिसले विरामीलाई राहत प्रदान गरेको छ । ’ बस्नेतले अस्पतालको भौतिक संरचना, जनशक्ति र उपकरणका लागि पनि आफुले बारम्बार सहयोग गर्दै आइरहेको र भविश्यमा पनि जारी राख्ने प्रतिवद्वता व्यक्त गरे । सो अवसरमा बस्नेतले अस्पताललाई ईसिजी मेसिन लगायतका अस्पताललाई आवश्यक पर्ने उपकरण सहयोग स्वरुप हस्तान्तरण गरेका थिए । कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनु पर्छ भन्दै आफुले अभियान चलाउदै आएको दावी गर्दै बस्नेतले आफुले नेपाली कांग्रेस पार्टीको केन्द्रीय कमिटिमा यसलाई प्रवेश गराएर निर्णय गराएको बताए ।
कार्यक्रममा वाग्मती प्रदेशका सांसद कृष्णकुमार तामाङले पुर्व स्वास्थ्य मन्त्री बस्नेतले देशको स्वास्थ्य अवस्था सुधार्न थुप्रै दूरगामी निर्णय गरेको दावी गर्दै सिन्धुपाल्चोकको स्वास्थ्य क्षेत्रमा बस्नेतले गरेको योगदान अरु कसैले गर्न नसकेको दावी गरे । प्रमुख जिल्ला अधिकारी किरण थापाले डायलाईसिस सेवा सुरु हुनु खुशीको कुरा रहेको बताउदै जनशक्ति अभावमा भोलीकमा दिनमा सेवा बन्द हुनु पर्ने अवस्था आउन नहुने तर्फ सचेत गराए । जिल्ला समुन्वय समितिको सभापति बालकृष्ण श्रेष्ठले सबैको सहकार्यमा अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्न सक्नेमा जोड दिए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर कार्कीले पुर्व मन्त्री बस्नेत पदमा भएको बेला होस नभएको बेला सधै जिल्लाको विकासका लागि सधै नथाक्े नेता भएको दावी गर्दै चौतारा अस्पतालमा डायलाईसिस सेवा सञ्चालनमा पनि उनको ठूलो भूमिका रहेको बताए । चौतारा सागाचोक गढी नगरपालिकाका मेयर कृष्ण सापकोटा र उपप्रमुख सिता थापाले विकास निर्माणका काममा सबै राजनीतिक दलका नेताबिच हातेमालो गर्नु आवश्यक रहेकोमा जोड दिए । चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणी भण्डारीले ५० शैयाबाट अस्पतालले सेवा दिइरहेको जानकारी दिदै आजबाट सञ्चालनमा आएको डायलाईसिस सेवाका लागि एक जना तालिम प्राप्त चिकित्सक र ३ जना स्टाप नर्स खटाइएको जानकारी दिए । कार्यक्रममा अस्पतालमा उत्कृष्ठ सेवा प्रदान गरेका कर्मचारीद्वय डा. रोसन चौधरी र जितबहादुर तामाङलाई सम्मान गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. पुकारचन्द्र श्रेष्ठलाई राष्ट्र सेवा सम्मान
Next article स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. देवकोटा, अरुको पनि जिम्मेवारी हेरफेर

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132173
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web