• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चौतारा अस्पतालमा डायलाइसिस सेवा सुरु, पुर्व स्वास्थ्यमन्त्री बस्नेतले गरे शुभारम्भ

September 22nd, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चौतारा अस्पतालमा डायलाइसिस सेवा सुरु, पुर्व स्वास्थ्यमन्त्री बस्नेतले गरे शुभारम्भ

हेल्थ टुडे,
सिन्धुपाल्चोक, ६ असोज : पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद मोहनबहादुर बस्नेतले चौतारा अस्पतालमा हेमोडायलाइसिस सेवाको शुभारम्भ गरेका छन् । चौतारा अस्पतालमा आईतबार आयोजना गरिएको विशेष कार्यक्रममा पुर्व स्वास्थ्य मन्त्री बस्नेतले पाँच शैयाका डायलाइसिस सेवाको शुभारम्भ गरेका हुन । डायलाइसिस सेवा सञ्चालनमा आएपछि चौतारा आसपास र सिन्धुपाल्चोक जिल्लाका मिर्गौला फेल भएका विरामीले डायलाइसिस लागि काठमाडौं जानै पर्ने र पालो कुर्नु पर्ने बाध्यता हट्ने भएको छ । मन्त्री बस्नेतले सेवाको शुभारम्भ गरेपछि आजै देखि मिर्गौला फेल भएका विरामीको डायलाईसिस गर्न सुरु भएको छ । स्थानिय शर्मिला तामाङले पहिलो विरामीको रुपमा भर्ना भएर डायलाईसिस सेवा लिएकी छन् । पाँच वटा मेसिनबाट दैनिक १० जना विरामीको डायलाईसिस गर्न सकिने अस्पतालले जनाएको छ ।
कार्यक्रममा बोल्दै पुर्व स्वास्थ्य मन्त्री बस्नेतले सिन्धुपाल्चोकका थुप्रै मिर्गौला फेल भएका विरामीले डायलाईसिसकै लागि काठमाडौं जानु पर्ने र त्यहाँका अस्पतालहरुमा पनि पालो कुर्नु पर्ने बाध्यता रहेको स्मरण गर्दै आफु स्वास्थ्य मन्त्री हुँदा चौतारा अस्पतालमै यो सेवा उपलब्ध गराउन ५ वटा डायलाइसिस मेसिन अस्पताललाई प्रदान गर्ने निर्णय गरेको बताए । मिर्गौला फेल भएका विरामीको लागि डायलाईसिस भन्दा मिर्गौला प्रत्यारोपण गर्नु रहेको बताउदै पुर्व मन्त्री बस्नेतले त्यसको विकल्पका रुपमा मात्र डायलाईसिस रहेकोमा जोड दिए । बस्नेतले भने, ‘मिर्गौला फेल भएका विरामीका लागि उत्तम उपाय भनेकै प्रत्यारोपण हो । डायलाईसिस विकल्प मात्र हो । त्यसैले प्रत्यारोपण मै जोड दिनु पर्छ । डायलाईसिसले विरामीलाई राहत प्रदान गरेको छ । ’ बस्नेतले अस्पतालको भौतिक संरचना, जनशक्ति र उपकरणका लागि पनि आफुले बारम्बार सहयोग गर्दै आइरहेको र भविश्यमा पनि जारी राख्ने प्रतिवद्वता व्यक्त गरे । सो अवसरमा बस्नेतले अस्पताललाई ईसिजी मेसिन लगायतका अस्पताललाई आवश्यक पर्ने उपकरण सहयोग स्वरुप हस्तान्तरण गरेका थिए । कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनु पर्छ भन्दै आफुले अभियान चलाउदै आएको दावी गर्दै बस्नेतले आफुले नेपाली कांग्रेस पार्टीको केन्द्रीय कमिटिमा यसलाई प्रवेश गराएर निर्णय गराएको बताए ।
कार्यक्रममा वाग्मती प्रदेशका सांसद कृष्णकुमार तामाङले पुर्व स्वास्थ्य मन्त्री बस्नेतले देशको स्वास्थ्य अवस्था सुधार्न थुप्रै दूरगामी निर्णय गरेको दावी गर्दै सिन्धुपाल्चोकको स्वास्थ्य क्षेत्रमा बस्नेतले गरेको योगदान अरु कसैले गर्न नसकेको दावी गरे । प्रमुख जिल्ला अधिकारी किरण थापाले डायलाईसिस सेवा सुरु हुनु खुशीको कुरा रहेको बताउदै जनशक्ति अभावमा भोलीकमा दिनमा सेवा बन्द हुनु पर्ने अवस्था आउन नहुने तर्फ सचेत गराए । जिल्ला समुन्वय समितिको सभापति बालकृष्ण श्रेष्ठले सबैको सहकार्यमा अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्न सक्नेमा जोड दिए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर कार्कीले पुर्व मन्त्री बस्नेत पदमा भएको बेला होस नभएको बेला सधै जिल्लाको विकासका लागि सधै नथाक्े नेता भएको दावी गर्दै चौतारा अस्पतालमा डायलाईसिस सेवा सञ्चालनमा पनि उनको ठूलो भूमिका रहेको बताए । चौतारा सागाचोक गढी नगरपालिकाका मेयर कृष्ण सापकोटा र उपप्रमुख सिता थापाले विकास निर्माणका काममा सबै राजनीतिक दलका नेताबिच हातेमालो गर्नु आवश्यक रहेकोमा जोड दिए । चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणी भण्डारीले ५० शैयाबाट अस्पतालले सेवा दिइरहेको जानकारी दिदै आजबाट सञ्चालनमा आएको डायलाईसिस सेवाका लागि एक जना तालिम प्राप्त चिकित्सक र ३ जना स्टाप नर्स खटाइएको जानकारी दिए । कार्यक्रममा अस्पतालमा उत्कृष्ठ सेवा प्रदान गरेका कर्मचारीद्वय डा. रोसन चौधरी र जितबहादुर तामाङलाई सम्मान गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. देवकोटा, अरुको पनि जिम्मेवारी हेरफेर
Next article डा. पुकारचन्द्र श्रेष्ठलाई राष्ट्र सेवा सम्मान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134429
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web