हेल्थ टुडे,
काठमाडौं, ७ फागुन : प्रजातन्त्र दिवसको अवसरमा नेपाल निजामती कर्मचारी युनियन वीर अस्पताल र ट्रमा सेन्टर इकाईले बुधबार रक्तदान कार्यक्रम आयोजना गरको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति प्रा.डा.भुपेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा वीर अस्पताल र ट्रमा सेन्टरका गरि २२ जना कर्मचारीले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री रिजाल, वीर अस्पतालका निमित्त निर्देशक डा.समाज गौतम, वीर अस्पताल प्याथोलोजी विभाग प्रमुख प्रतिभा विष्ट र नेपाल निजामती कर्मचारी युनियनका इकाई अध्यक्ष मानबहादुर महरा लगायत कार्यसमितिका सदस्यहरु र अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । रक्तदान गर्ने कर्मचारीहरुलाई प्रमुख अतिथि एवं अतिथिहरुले प्रमाण पत्र वितरण गरेका थिए । कर्मचारी युनियनले भविश्यमा पनि यस किसिमका समाजिक कार्यक्रम आयोजन गर्दै जाने योजना रहेको नेपाल निजामती कर्मचारी युनियनका इकाई अध्यक्ष महराले जानकारी दिए ।
प्रजातन्त्र दिवसको अवसरमा वीरमा निजामती कर्मचारी युनियनको रक्तदान कार्यक्रम सम्पन्न

Leave a Reply