• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

तातोपानी क्षेत्रलाई स्वास्थ्य पर्यटनको केन्द्र बनाउनु पर्छ : परराष्ट्रमन्त्री डा. आरजु देउवा

April 19th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
तातोपानी क्षेत्रलाई स्वास्थ्य पर्यटनको केन्द्र बनाउनु पर्छ : परराष्ट्रमन्त्री डा. आरजु  देउवा

हेल्थ टुडे,
सिन्धुपाल्चोक ६ बैसाख : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका – ७ मा रहेको तातोपानी क्षेत्रलाई स्वास्थ्य पर्यटनको केन्द्र बनाउन आवश्यक रहेको बताएकी छन् । भोटेकोशीको तातोपानीमा गाउँपालिकाले करिव ५ करोड रुपैयाको लागतमा निर्माण सम्पन्न गरेको तातोपानी धारा स्नान गृहको उदघाटन गर्दै मन्त्री देउवाले एक समारोहबिच शुक्रबार उदघाटन गर्दै तातोपानी क्षेत्र धार्मिक र स्वास्थ्यका दृष्टिले उत्तिकै महत्वको स्थान रहेकोले यसलाई स्वास्थ्य पर्यटनको हवको रुपमा विकास गर्न सकिने बताएकी हुन । यहाँको तातोपानीले नुहाए रोगव्याधी हट्ने भएकाले तातोपानीले नुहाउन आउनेको संख्या बढाउन आवश्यक रहेको डा. देउवाले बताइन । धार्मिक एवं ऐतिहासिक महत्व बोकेको उक्त स्नान घरको उदघाटन गर्न मन्त्री देउवा सिम्रिक एयरको हेलिकोप्टर मार्फत तातोपानी पुगेकी हुन ।
मन्त्री देउवालाई त्यहाँ पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सिन्धोपाल्चोकका संघिय सांसद मोहनबहादुर बस्नेत, भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पा, प्रदेश सांसदहरु कृष्णकुमार तामाड, मसिना खड्का लगायत सयौं स्थानियवासी एवं नेपाली कांंग्रेसका कार्यक्रताहरुले फुलमालाका साथ भव्य स्वागत गरेका थिए । स्नान गृह उदघाटन पछि तातोपानी धारा प्रांगणमा आयोजिक वृहत समारोहलाई सम्बोधन गर्नु हुदै परराष्ट्रमन्त्री देउवाले धार्मिक र ऐतिहासिक महत्व वोकेको तातोपानी स्नान गृहको उदघाटन गर्न पाएकोमा खुशी व्यक्त गर्दे अवसरकालागि भोटेकोशी गाउँपालिकाका अध्यक्ष शेर्पा सहित समुर्ण स्थानियवासीलाई धन्यवाद दिइन । आफु बाल्यकालमा ५४ वर्ष पहिले मातापितासँग तातोपानी आएको स्मरण गर्दे त्यतिबेला पनि तातोपानीको महत्व र आस्था अहिलेको जस्तै रहेको बताइन । सिन्धुपाल्चोकमा आउने बाढी, पहिरो, भुकम्प जस्ता दैविक विपत्तिका बेला पुर्व मन्त्री एवं संघीय सांसद मोहनबहादुर बस्नेतले सधै जनताको साथमा साथ र हातमा हात दिएर असली जनप्रतिनिधिको परिचय बनाउनु भएकोमा धन्यवाद दिदै यहाँका जनताले पनि माया गरेर बस्नेत र नेपाली कांग्रेसलाई विजय गराउनु भएको स्मरण गरिन ।

मन्त्री देउवाले सो अवसरमा नेपाल चिन नाका तातोपानीको स्थलगत भ्रमण समेत गर्नु भएको थियो । स्थलगत भ्रमण पछि मन्त्री देउवाले नेपाल चिन जोड्ने तातोपानी नाका खुलाउन प्रधानमन्त्री, अर्थ मन्त्रीसँग कुरा गर्ने र चिन सरकारसँग पनि कुटनितिक पहल गर्ने बताइन । कार्यक्रमलाई समबोधन गर्दै पुर्व मन्त्री एवं सिन्धुपाल्चोकका संघीय सांसद मोहनबहादुर बस्नेतले तातेपानी नाकाको स्थलगत भ्रमण समेत गरेर मन्त्री देउवाले यहाँका समस्याप्रति चासो राखेर नाका खुलाउन र विकास निर्माणमा सहयोग गर्ने प्रतिवद्वता जनाउनु भएकोमा खुशी व्यक्त गरे । आफु अहिले दुई नम्बर क्षेत्रबाट निर्वाचित भएको भए पनि नेपाली का्रग्रेसले सधै भोटेकोशी, तातोपानी क्षेत्रलाई प्राथमिकतामा राखेको बस्नेतले बताउनु भयो । नेपालमा पहिलो प्रधानमन्त्रीको रुपमा डा. आरजु राणा देउवालाई आफूहरुले देख्न चाहेको समेत बस्नेततले बताए । तातोपानी जोड्ने बाटो आफु यो क्षेत्रबाट २०५६ सालमा चुनाव जितेकोृ बेला बनाएको दावी गर्दै विग्रिएको बाटो बनाउन आफु लाग्ने र आवश्उक पहल गर्न बस्नेतले दावी गरे ।
भोटेकोशी गाउपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले तातोपानी स्नान गृहको गाउँपालिकाको ५ करोड रुपैयाको लागतमा निर्माण सम्पन्न भएको जानकारी गराउदै उदघाटनका लागि निमन्त्रणा स्विकार गरेर आउनु भएकोमा मन्त्री देउवालाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा भोटेकोशी गाउपालिका उपाध्यक्ष, वडा नम्बर ७ का अध्यक्ष लगायतले स्थानिय विकास निर्माणको अवस्था र समस्याका विषयमा अवगत गराउनु हुदै तातोपानी नाका पुर्ण रुपमा खुलाउन पहल गरिदिन मन्त्री देउवासँग आग्रह गरे । सो अवसरमा मन्त्री देउवालाई भोटेकोशी गाउँपालिकाले सम्मन समेत गरेको थियो । कार्यक्रममा चिनिया अधिकारीको पनि उपस्थिति रहेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्री पौडेलद्वारा परोपकार प्रसूति अस्पतालको सिमुलेसन ल्याबको उदघाटन
Next article कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. धामी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132544
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web