• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सूर्तिजन्य पदार्थमा कर बढाउन माग गर्देै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र

April 23rd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सूर्तिजन्य पदार्थमा कर बढाउन माग गर्देै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र


हेल्थ टुडे,

काठमाडौं, १० बैसाख : सूर्तिजन्य पदार्थमा लाग्ने करको दायरा बढाउनु पर्ने माग सहित स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण सञ्जाल, नेपाल र नेपाल हेल्थकेयर पत्रकार समाजले स्वास्थ्थ तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई ज्ञापन पत्र बुझाएका छन् । स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण सञ्जाल नेपालका अध्यक्ष शान्तशाल मुल्मी र नेपाल हेल्थकेयर पत्रकार समाजका अध्यक्ष अतुल मिश्रले बुधबार स्वास्थ्य मन्त्री पा्रैडेललाई भेटेर सुर्तिजन्य पदार्थमा कर बढाउन ध्यानाकर्षक गराउँदै ज्ञापन पत्र बुझाएका हुन् ।
दक्षिण एशियाली देशहरुको तुलनामा नेपालमा सुर्तिजन्य पदार्थका लाग्ने कर एकदमै न्युन रहेको बताउदै स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण सञ्जाल नेपालका अध्यक्ष शान्तशाल मुल्मीले सरकारले कम्तिमा पनि विश्व स्वास्थ्य संगठनको सुझाव अनुसार ७५ प्रतिसत कर लगाउनु पर्ने माग गरे । मुल्मीले करको दर बढाउने बेला सुर्ति उद्योगीहरुले अर्थ मन्त्रालय र उद्योग मन्त्रालयका उच्च अधिकारीलाई प्रभावमा पारेर कर बढाउन नदिन चलखेल गर्ने गरेको विगतका अनुभवले समेत पाठ सिकाएको बताउदै यसका विषयमा सचेत रहन र वारम्बार दवाव दिन स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गरे । मुल्मीले भने, ‘ सुर्तिजन्य पदार्थमा कर बढाएर त्यो रकम क्यान्सर लगायतका रोगको रोकथाम र उपचारका अलावा विपन्नको उपचारमा पनि खर्च गर्न सकिन्छ । त्यसैले कर बढाउन स्वास्थ्य मन्त्रीले जोडदार रुपमा पहल गर्नु पर्छ । ’
स्वास्थ्य मन्त्री पौडेलले सुर्तिजन्य पदार्थको प्याकेटमा सत प्रतिसत चेतावनीयुक्त चित्र सहितको सन्देश छाप्नु पर्ने निर्देशिका लागु गराउन खेलेको भूमिकाको मुल्मीले प्रशंसा गरे । ज्ञापन पत्र बुझेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले मन्त्रालयले सुर्तिजन्य पदार्थमा कर बढाउनु पर्ने योजना सहितको ठोस प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरिसकेको बताउदै कर बढाउने काम अर्थ मन्त्रालयको भए पनि आफुले त्यसमा सक्दो पहलकदमी गर्ने बताए । मन्त्री पौडेलले सुर्तिजन्य पदार्थमा कर बढाएर त्यसबाट संकलित रकम स्वास्थ्य विमा मार्फत विपन्नको उपचारमा समेत खर्च गर्ने योजना मन्त्रालयको रहेको स्मरण गरे । पौडेलले भने, ‘सुर्तिजन्य पदार्थमा कर बढाएर आर्जन हुने थप रकम क्यान्सर लगायतका नसर्ने रोगको निदान र उपचारका साथै स्वास्थ्य विमा कोषमा समेत जम्मा गर्ने व्यवस्था गर्ने योजना बनाएका छौ । यसमा सबैको सहयोग आवश्यक छ ।’
नेपाल हेल्थकेयर पत्रकार समाजका अध्यक्ष अतुल मिश्रले क्यान्सर लगायत नसर्ने रोगको निदानका लागि सरकारले मिडिया मार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्नु पर्ने आवश्यकतामाथि जोड दिए । मन्त्री पौडेलले स्वास्थ्यका विषयमा जनचेतना जगाउन स्वास्थ्य पत्रकारहरुको भूमिका महत्वपुर्ण रहेको बताउदै मन्त्रालयले मिडियासँग सहकार्य गरेर अगाडि बढने आश्वासन दिए । भेटघाटमा स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण सञ्जाल नेपालका महासचिव पुर्ण दुवाल, नेपाल हेल्थ केयर पत्रकार समाजका महासचिव पदमराज जोशी लगायत स्वास्थ्य पत्रकार र सुर्ति नियन्त्रण अधिकारकर्मीको पनि उपस्थिति थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु
Next article भोली देशभरका चिकित्सकले जिल्ला प्रशासन र स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132544
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web