• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

June 23rd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

हेल्थ टुडे,
काठमाडौं, ९ असार : सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ गोरखापत्र दैनिकमा कार्यरत सरोज ढुङ्गेललाई प्रदान गरिएको छ । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी, सुदर्शन देवकोटा फाउण्डेशनकी डाक्टर सुधा देवकोटालगायतले ढुङ्गेललाई ३३ हजार ३३३ राशीको नगदसहित सम्मान गरे । स्वर्गीय सुदर्शन देवकोटाको १८ औँ पुण्यतिथिको अवसरमा पारेर आयोजित पुरस्कार हस्तान्तरण गरिएको हो । सारदा सुदर्शन देवकोटा फाउण्डेशनले पाँच वर्षदेखि स्वास्थ्य पत्रकार मञ्चको सहकार्यमा उक्त पुरस्कार प्रदान गर्दै आइरहेको छ । पुरस्कार वितरण कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री पदम गिरीले स्वास्थ्य पत्रकारिताको ठूलो भेग रहेको भन्दै स्वास्थ्य पत्रकारहरुले आफ्नो विषयमा पोख्त भएर कलम चलाउनुपर्ने बताए । उनले स्वास्थ्य क्षेत्रमा बेथितिविरुद्ध कलम चलाउन आग्रह गर्दै नेपालमा स्वास्थ्य क्षेत्रमा अझै थुप्रै समस्या रहेको र आधारभुत स्वास्थ्य सेवा समेत प्रभावकारी बन्न नसकेको समेत स्विकार गरे ।
स्वर्गीय पत्रकार देवकोटाकी छोरी तथा फाउण्डेशनकी अध्यक्ष डा।शुधा देवकोटाले आफ्नो बुबाले पत्रकारितामा व्यतित गरेको स्मरण गर्दै पत्रकारितालाई थप जिम्मेवार र प्रभावकारी बनाउन यस पुरस्कार स्थापना गरेको बताइन्। उनले पत्रकारहरूले सत्यतथ्य छुट्याएर जिम्मेवार भएर तथा विस्तृत अध्ययन गरेर समाचार लेख्न आवश्यक रहेको बताउदै अझै कैयौ विषयमा राज्यलाई घच्घच्याउनुपर्नेमा जोड दिइन्। कार्यक्रममा उपस्थित वरिष्ठ पत्रकार उमेश चौहानले स्व। देवकोटाको योगदानको स्मरण गर्दै पत्रकारहरूले दुर्गम क्षेत्रका स्वास्थ्यकर्मीको अवस्था उजागर गर्नु जरुरी रहेको बताए । उनले पछिल्लो समय पत्रकारका लागि विभिन्न सामाजिक सञ्जालहरू चुनौतिका रूपमा आइरहेको तर अन्ततोगत्व मूलधारमा रहनेहरूले नै सही रूपमा पत्रकारिता गर्न सक्ने बताए। मन्चका पुर्व अध्यक्ष राम प्रसाद न्यौपानेले यस प्रकारको पुरस्कारले स्वास्थ्य पत्रकारितामा थप प्रेरित गरेको र यस्तो समन्वयले स्वास्थ्य पत्रकारिताको विकासमा टेवा पुर्याउने बताए ।
पुरस्कृत ढुङ्गेलले स्वास्थ्य पत्रकारितामार्फत समाजलाई स्वस्थ बनाउने अभियानमा लाग्न पुरस्कारले थप हौसला प्रदान गरेको बताए ।
कार्यक्रमका सभापति स्वास्थ्य प्रकार मञ्चका कार्यवाहक अध्यक्ष बुद्धि कटेलले फाउन्डेसनले स्वास्थ्य पत्रकारीता बिधालाई समेटेर स्वास्थ्य पत्रकार मञ्चसँग सहकार्य गरी ‘सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गरेको मा आभार व्यक्त गर्दे यो पुरस्कार स्वास्थ्य क्षेत्र र पत्रकारीता जोड्ने पुल भएको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण
Next article वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131637
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web