• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

न्युट्रास्युटिकल्सका पक्षमा बोल्यो चिकित्सक संघ, विक्रीबितरण र सिफारिस गर्न कसैले रोक्न सक्दैन

November 9th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
न्युट्रास्युटिकल्सका पक्षमा बोल्यो चिकित्सक संघ, विक्रीबितरण र सिफारिस गर्न कसैले रोक्न सक्दैन

हेल्थ टुडे,
काठमाडौं, २३ कात्तिक : नेपाल चिकित्सक संघले फूड सप्लिमेन्ट्स, न्युट्रास्यूटिकल्स र डाइट्री सप्लिमेन्ट्स सिफारिस गर्न पाउने आफ्नो अधिकार भएको दावी गर्दै कानून अनुसार दर्ता भएका यी बस्तुहरुको बिक्रीबितरण र सिफारिस गर्न कसैले पनि प्रतिबन्ध लगाउन नसक्ने जनाएको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यममा सर्वसाधारणलाई भ्रममा पार्ने गरि फूड सप्लिमेन्ट्स, न्युट्रास्यूटिकल्स र डाइट्री सप्लिमेन्ट्सको बिक्री बितरण गर्न नपाउने र चिकित्सकहरुले सिफारिस गर्न नपाउने आसयका सामाचार प्रकाशित भएकोमा संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संघका महासचिव डा.लोचन कार्कीले हस्ताक्षर गरेको विज्ञप्तिमा विरामीको आवश्यकता अनुसार फूड सप्लिमेन्ट्स, न्युट्रास्यूटिकल्स र डाइट्री सप्लिमेन्ट्स सिफारिस गर्नु पाउनु र विरामीले आवश्यकता अनुसार किनेर खान पाउने सर्वव्यापी अधिकार भएकाले यसको विपक्षमा कसैले पनि धावा बोल्न नपाइने उल्लेख गरिएको छ ।
औषधि व्यवस्था विभागको विराटनगर साखाले यही कात्तिक ३ गते एक सूचना प्रकाशित गरि औषधि पशलहरुबाट थुप्रै फूड सप्लिमेन्ट्स, न्युट्रास्यूटिकल्स र डाइट्री सप्लिमेन्ट्स निर्वाध बिक्री बितरण भइरहेको र चिकित्सकले सिफारिस गर्ने गरेको पाइएकोले बिक्रीबितरण रोक्न र चिकित्सकहरुलाई पनि सिफारिस नगर्न निर्देशन दिएको थियो । विभागले १४९ प्रकारका फूड सप्लिमेन्ट्स, न्युट्रास्यूटिकल्स र डाइट्री सप्लिमेन्ट्समाथि बिक्रीबितरण गर्न प्रतिवन्ध लगाएको थियो । तर कानून अनुसार फूड सप्लिमेन्ट्स, न्युट्रास्यूटिकल्स र डाइट्री सप्लिमेन्ट्सको विक्रीबितरण रोक्ने वा चिकित्सकलाई सिफारिस नगर भन्ने अधिकार औषधि व्यवस्था बिभागलाई छैन ।
फूड सप्लिमेन्ट्स, न्युट्रास्यूटिकल्स र डाइट्री सप्लिमेन्ट्स औषधि व्यवस्था विभागमा दर्ता गर्नु पर्दैन । यी खाद्यपूरक सामग्री भएकाले यिनको दर्ता खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा हुने गरेको छ । फूड सप्लिमेन्ट्स, न्युट्रास्यूटिकल्स र डाइट्री सप्लिमेन्ट्स व्यवसायीहरुले भने कानून अनुसार दर्ता भएका बस्तुलाई बिक्रीबितरणमा प्रतिबन्ध लगाउन नमिल्ने भन्दै त्यसको विरोध गरेका थिए । औषधि व्यवस्था विभागले फूड सप्लिमेन्ट्सका नाममा औषधि जन्य पदार्थ भित्रिने गरेकोले यसलाई औषधि विभागमा दर्ता हुनु पर्ने भन्दै आएको छ भने व्यवसायीहरु भ्ने यो खाद्यपुरक सामग्री भएकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्वीकृती प्रदान गर्ने गरेको बताउदै आएका छन ।
नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्युटिकल समाज (फेनक्यान) का अध्यक्ष सुरेन्द्र मानन्धरले अदालतले समेत फूड सप्लिमेन्ट्सलाई खाद्यपुरक सामग्रीको रुपमा मान्यता दिइसकेपछि औषधि व्यवस्था विभाग र केही फर्मासिस्टहरुले निहित स्वार्थका लागि विवाद सिर्जना गरिरहेको बताए । चिकित्सक संघले ऐन, कानून बिपरित कुनै पनि संघ संस्थाको नाममा यो या त्यो फूड सप्लिमेन्ट्स सिफारिस नगर्नु भनि चिकित्सकहरुलाई निर्देशन दिने अधिकार सरोकारवाला बाहेकका निकायलाई नभएको प्रष्ट पारेको छ । संघले अस्वाभाविक र गैर कानूनी गतिविधिहरुबाट चिकित्सकहरु भ्रममा नपर्न समेत सूचित गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पेट कसरी सफा गर्ने ? यस्ता छन् घरेलु उपाय....
Next article स्वास्थ्यमा समस्या आएपछि अनसनरत डा.केसी अस्पताल भर्ना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134327
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web