• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अबैध शुल्क फिर्ता गर्न मेडिकल कलेजहरूलाई फेरी १५ दिने अल्टिमेटम

November 11th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अबैध शुल्क फिर्ता गर्न मेडिकल कलेजहरूलाई फेरी १५ दिने अल्टिमेटम

हेल्थ टुडे,
काठमाडौ,२५ कात्तिकः सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क असुलेका मेडिकल कलेजहरुलाई शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले पुनः १५ दिनको अल्टिमेटम दिएको छ । तर, मेडिकल कलेजहरुले तोकेभन्दा बढी असुलेको शुल्क फिर्ता गर्न पटक–पटक दिएको अल्टिमेटम उल्लंघन गर्दै आएका छन् । तर, सरकारले कुनै कारबाही गर्न सकेको छैन । आइतबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित सम्बन्धित अधिकारीको बैठकले अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्न १५ दिन समय दिने निर्णय गरेको हो ।
बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटा, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. रामकण्ठ माकाजू, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलगायत थिए । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले निर्णयको माइन्युट भएपछि सार्वजनिक गर्ने बताए । विद्यार्थीसँग उठाएको बढी शुल्क फिर्ता गर्न ८ चैत ०७५ मा सरकारले एकमहिने अल्टिमेटम दिएको थियो । तर, कलेजहरूले कार्यान्वयन गरेनन् । त्यसपछि चितवन मेडिकल, पोखरा मेडिकललगायतलाई विद्यार्थीसँग सहमति गराएर जिल्ला प्रशासनबाट अल्टिमेटम दिइँदै आएको छ ।
फेरि पनि अटेर गरेपछि ६ असोजमा गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायतको बैठकले सबै निजी मेडिकल कलेजलाई एकमहिने अल्टिमेटम दिएको थियो । नटेर्ने कलेजलाई सम्बन्धित जिल्ला प्रशासनमार्फत ठगी मुद्दामा कारबाही गर्ने चेतावनी पनि दियो । तर, अझै टेरेनन् । ठगी मुद्दा चलाउने चेतावनी दिएको सरकारले अल्टिमेटम अवधि सकिएको १८ दिनपछि आइतबार फेरि १५ दिनको समय दिने निर्णय गरेको छ ।

बढी शुल्क असुलेको विरोधमा पढ्न छाडेर विद्यार्थीहरु आन्दोलनमा उत्रिन बाध्य भएका छन् । विद्यार्थी ठग्ने कलेजलाई कारबाही गर्नुको सट्टा सरकार उल्टै विद्यार्थीमाथि दमनमा उत्रिँदै आएको छ । आ–आफ्नो कलेजको प्रांगणदेखि सिंहदरबारको प्रांगण माइतीघरसम्म चिच्याउँदा पनि पीडित विद्यार्थीले न्याय पाएका छैनन् ।
सरकारले एमबिबिएसका विद्यार्थीसँग काठमाडौं उपत्यकाका कलेजलाई ३८ लाख ५० हजार र उपत्यकाबाहिरका कलेजलाई ४२ लाख ४५ हजार रुपैयाँ शुल्क उठाउन मापदण्ड तोकेको थियो । तर, निजी मेडिकल कलेजले नेपाली विद्यार्थीलाई कलेजपिच्छे चर्को शुल्क असुली गरेका छन् । सरकारले तोकेको शुल्कमा पठनपाठनमा लाग्ने ट्युसन, ल्याब, लाइब्रेरीदेखि सम्पूर्ण शुल्क समावेश गरिएको छ । तर, कलेजहरूले विभिन्न शीर्षक तोकेर शुल्क असुलेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यकर्मी संघको अध्यक्षमा घिमिरे,अरु पदमा को–को निर्वाचित भए ? (मतसहित)
Next article डेन्टल एसोसिएसनको २० औं राष्ट्रिय सम्मेलन शुक्रबार र शनिवार रुपन्देहीमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132759
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web