• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रधानमन्त्री ओलीको स्वास्थ्य फलोअप आज

November 16th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रधानमन्त्री ओलीको स्वास्थ्य फलोअप आज

हेल्थ टुडे,
काठमाडौ,३० कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि शनिबार पुनः ग्रान्डी अस्पताल जाने भएका छन् । उनले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा ‘फलोअप’ का लागि अस्पताल जान लागेको जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो‘शनिबार फलोअपका लागि अस्पताल जाँदै छु, मिर्गौलामा राखिएको स्टेन्ट निकाल्नुपर्नेछ,खडाक्टरहरूले बोलाएका छन्, अरू जाँच पनि हुन्छ होला ।’
सामान्यतया मिर्गौलाबाट पिसाब बाहिर निस्किने बाटो साँघुरो हुँदा स्टेन्ट हाल्ने गरिन्छ । यसले पिसाब नलीलाई खुला राख्न मद्दत गर्छ । गत कात्तिक १२ र १३ गते डायलसिस गर्दा ओलीको मिर्गौलामा उक्त स्टेन्ट हालिएको थियो । त्यसपछि उनी डाक्टरहरूको नियमित निगरानीमा रहे पनि अस्पताल गएका थिएनन् ।
शनिबार मिर्गौलाबाट स्टेन्ट निकालिनुका साथै अरू नियमित जाँच पनि हुने ओलीले मन्त्रिपरिषद् बैठकलाई जानकारी दिएका छन् । ग्रान्डी अस्पतालमा उपचार गरेर फर्किएपछि उनको फेरि डायलसिस गर्नुपरेको छैन ।
सुरुमा नियमित डायलसिस गर्नुपर्ने बताइए पनि पछि उनको स्वास्थ्यमा सुधार आएको भन्दै आवश्यक परेका बेला मात्रै डायलसिस गरे हुने राय चिकित्सकहरूले दिएका थिए । प्रधानमन्त्री तत्कालका लागि स्वदेशमै उपचार गर्ने र मंसिर १४ को उपचुनाव सकिएलगत्तै थप उपचारका लागि विदेश जाने मनस्थितिमा छन् ।
प्रधानमन्त्री ओलीको अबको उपचार पद्धतिबारे निजी चिकित्सक दिव्यासिंह शाहले विभिन्न मुलुकका मिर्गौला रोग विशेषज्ञहरूसँग परामर्श गरिरहेकी छन् । डा.शाह हालै मिर्गौला रोग विशेषज्ञहरूको सम्मेलनमा भाग लिएर अमेरिकाबाट फर्केकी छन् । प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
त्यसपछि पनि बेलाबेला बिरामी हुँदै, निको हुँदै गरेका उनले गत साउन र भदौमा गरी दुईपटक सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए । त्यहाँ प्लाज्माफेरेसिस पद्धतिबाट उनको शरीरमा रहेको एन्टिबडी नष्ट गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल चिकित्सक संघको निर्वाचनः अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा.लोचनको उम्मेद्वारी
Next article प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गर्ने निष्कर्षमा....

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133178
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web