• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बुढानिलकण्ठमा स्तन तथा पाठेघरको मुखको क्यान्सर पूर्वपरिक्षण सिविर

December 3rd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बुढानिलकण्ठमा स्तन तथा पाठेघरको मुखको क्यान्सर पूर्वपरिक्षण सिविर

हेल्थ टुडे,
काठमाडौं, १७ मंसिर : बुढानिलकण्ठमा महिलाहरुकालागि स्तन तथा पाठेघरको मुखको क्यान्सर पूर्वपरिक्षण सिविर सुरु भएको छ । बुढानिलकण्ठ नगरपालिकाको आयोजना तथा प्रिभेन्ट क्यान्सर नेपालको प्राविधिक सहयोगमा उक्त सिविर मंगलबारदेखि सुरु भएको हो । बुढानिलकण्ठ स्वास्थ्य चौकीबाट सुरु भएको सिविर नगरपालिकाका बिभिन्न ६ स्थानमा संचालन भएर मंसिर २७ गते सम्पन्न हुने छ । बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले मंगलबार बुढानिलकण्ठ स्वास्थ्य चौकीबाट उक्त सिविरको सुभारम्भ गरेका हुन । सिविर सुभारम्भका अवसरमा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले उपचारको पहूचभन्दा बाहिर रहेका नगरवासीलाई उपचार सेवा र जनचेतना जगाउन सिविर सञ्चालन गरिएको बताए । ३० वर्षदेखि ६० वर्ष उमेरका महिलाका लागि निशुल्क सिविर आयोजना गरिएको हो ।

क्यान्सर लाग्नु भन्दा पहिले नै परिक्षण गरेर थाहा पाउन सके स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरको रोकथाम गर्न सकिने र उपचारले पूर्ण रुपमा निको गर्न सकिने भएकाले नगरपालिकाको सहकार्यमा परिक्षण सिविर आयोजना गरिएको प्रिभेन्ट क्यान्सर नेपालका निर्देशक डा. गजानन्द भण्डारीले बताए । सिविरमा ‘फस्ट ब्रेष्ट इक्जाम’ नामक आधुनिक उपकरणका माध्यमबाट स्तन क्यान्सरको परिक्षण भइरहेको डा. भण्डारीले जानकारी दिए । डा. भण्डारीका अनुसार यो उपकरणको माध्यमबाट परिक्षण गर्दा स्तनमा रहेको ३ एमएमसम्मको गाठो समेत पत्ता लाग्ने गर्छ । ५ वर्ष अगाडि नै क्यान्सर हुने खतरा देखाइदिने भएकाले यसको प्रचलन बढ्दो छ । पहिले स्तन क्यान्सरको परिक्षण मेमोग्रामका माध्यमबाट गरिन्थ्यो ।
बुढानिलकण्ठ नगरपालिका जनस्वास्थ्य साखा प्रमुख कुमारप्रसाद दाहालले अपांग दिवसको अवसर पारेर परिक्षण सिविरको सभारम्भ गरिएको र यसबाट हजारौ महिला लाभान्वित हुने बताए । नगरपालिकाले यो अभियान सफल बनाउन एकसय २१ ज्ना महिला स्वास्थ्य स्वयं सेविकालाई परिचालन गरेको छ । उनीहरुले परिक्षण सिविरमा चेक जाच गराउन आउने महिलालाई सहज बनाउनेछन । सिविरमा क्यान्सर विशेषज्ञ, चिकित्सक सहित नर्सहरुको टोलीले परिक्षण गरिरहेको नगरपालिकाले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मुख धुवाउछन् अनि फोक्सो कुहाउछन्
Next article परिमल डेन्टल केयरको नवौं वार्षिकोत्सब

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134322
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web