• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा.लोचनको लिए दोब्बर अग्रता

February 9th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा.लोचनको लिए दोब्बर अग्रता

हेल्थ टुडे,
काठमाडौं, २६ माघ : नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना जारी छ । उपत्यका बाहिरका मत गणना सकेर अहिले उपत्यकाको मत गणना भइरहेको छ । डा. लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूह र डा. पुष्पमणी खराल नेतृत्वको पेसागत समावेशी समूहबिच भइरहेको प्रतिस्पर्धामा डा. कार्की नेतृत्वको लोकतान्त्रिक समूहले आफ्नो अग्रता अझ फराकिलो बनाउदै लगेको छ । डा. कार्कीले डा. खरालको भन्दा झण्डै दोब्बर मत प्राप्त गरिसकेका छन । ६ हजार एक सय ५० मत खसेकोमा अहिलेसम्म ३ हजार २ सय २२ मत गणना भइसकेको छ । त्यसमध्ये अध्यक्षका प्रत्यासी डा. कार्कीले २ हजार एकसय ११ मत पाएका छन भने डा. खरालले एक हजार ७६ मत पाएका छन् । वरिष्ठ उपाध्यक्षमा खराल समूहकी डा. रक्षा श्रेष्ठले ११ सय ७१ मत पाएकी छन भने कार्की समूहका डा. शिबप्रसाद श्रेष्ठले १८ सय ८९ मत पाएका छन । उपाध्यक्षमा डा. अनिल कार्कीले २ हजार ७० मत ल्याउदा डा. रन्जित झाले एक हजार ३३ मत पाएका छन् । महासचिवमा ४ जना बिच प्रतिस्पर्धा छ । लोकतान्त्रिक समूहका डा. बद्री रिजाल १२ सय २४ मतका साथ सबैभन्दा अगाडि छन । त्यसपछि पेसागत समावेशी समूहका डा. मधुर बस्नेतले ८ सय मत पाएका छन भने स्वतन्त्र उम्मेदवार डा. दीपेन्द्र पाण्डेले ५९४ र डा. अजय मिश्रले ५१६ मत पाएका छन । कोषाध्यक्षमा डा. प्रकाश बुढाथोकीले अग्रता लिएका छन । त्यसैगरि सहकोषाध्यक्ष सहित सदस्यहरुमा पनि लोकतान्त्रिक समूहले नै अग्रता लिएको छ । दुई दिन भित्र मत गणना सकिने निर्वाचन प्रमुख डा. बाबुराम मरासिनीले बताएका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्कीको जित, औपचारिक घोषणा मत गणना सकिएपछि भोली
Next article नेपाल चिकित्सक संघको निर्वाचनको मतगणना फेसबुक लाईभबाट

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134422
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web