• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

महिलाको स्वास्थ्यभन्दा छोरो जन्मनु ठूलो

June 11th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
महिलाको स्वास्थ्यभन्दा छोरो जन्मनु ठूलो

डा. अरुणा उप्रेती
१८ वर्षअघि म सुदूरपश्चिमको डोटी अस्पतालमा छँदा एउटी बिरामी महिलालाई पिठ्युँमा बोकेर ल्याइएको थियो । बिरामीको सात दिनअघि गर्भपतन भएर ‘रगत गएको गयै भएछ ।’
बिरामीको अनुहार एकदमै सेतो थियो, आँखा चिम्म थिए, अर्धबेहोसजस्तै । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. बिनारानी श्रीवास्तवले उनको जाँचपछि भनिन्, ‘यिनको शरीरमा रगत कम छ । रगत चढाउनुपर्छ तर यहाँ रगत चढाउन सम्भव छैन ।’ एम्बुलेन्स मगाएर उनलाई धनगढी अस्पताल पठाउँदा १५ सय भाडा लाग्दो रहेछ । ‘हामीसँग पैसा छैन । तपाईंहरूले उपचार गराउने भए गर्नुहोस् । नत्र यहीँ मर्ली,’ बिरामीका भाइले भने ।
बिहानसम्म ती महिला बाँच्छिन् कि बाँच्दिनन् भन्ने धुकचुक थियो । बिहान ६ बजे उठेर हेर्दा ती महिलालाई जीवितै देखेर हामी खुसी भयौं । ९ बजे उनको पाठेघरको उपचार गर्ने तयारी सुरु गरियो । १० बजेतिर डा. श्रीवास्तवसँग ती महिलाको अप्रेसन भयो भनेर सोध्दा उनले अँध्यारो मुख लगाउँदै भनिन, ‘उनकी आमाले उपचार गराउन मानिनन् ।’
म दौडदै अस्पताल पुगें । घाम तापेर नातिनातिनालाई भात ख्वाइरहेकी बज्यैसँग ठूलो स्वरमा सोधें, तपाईंले आफ्नी छोरीको औषधि गर्न किन नमानेको ?’ मुखभरि चाउरी परेकी बूढी बज्यैले हात जोडेर भनिन्, ‘म के गरूँ ? यसका बैगान (लोग्ने) यहाँ ना थिन् (यहाँ छैन) तमले (तिमीले) उनलाई उपचार क्या अर्छाै ? (के गर्छौ) ? उनको पाठेघर निकाल्छ्यौ यिनका पाँच छोरी र एकमात्र सन्तान (छोरा) छन् । यिनको पाठेघर निकाले अरू छोरा हुँदैनन् । अनि यिनका बैगानले के भन्दा हन् (हुन्) ?’ ती बूढी बज्यैको कुराले म रनभुल्लमा परें । उनलाई आफ्नी छोरीको ज्यानभन्दा छोरीको अर्को सन्तान (छोरा) नहोला भन्ने चिन्ता पो थियो ?
मसँग आएकी एक विदेशी नर्सलाई मैले ती बज्यैले भनेको कुरा उल्था गरेर सुनाएपछि उनले भनिन्, ‘बिरामी महिला त वयस्क भइसकेकी छिन् । हामीले उनीसँगै अनुमति लिएर उपचार गरे हुँदैन ?’ ‘अन्य देशमा भए हुन्थ्यो, यहाँ हुँदैन । उनको साधारण शल्यक्रिया गर्दा तलमाथि भयो भने यिनै गाउँलेले हामीलाई मानिस मारेको आरोप लगाउँछन् । त्यसैले उनकी आमाले हुन्छ नभनी हामीले केही गर्न सक्दैनौं,’ मैले भनेकी थिएँ । त्यसपछि मैले अस्पतालका केही कर्मचारीसँग भनें– तपाईंहरू यी बज्यैलाई सम्झाइदिनुस्, हामीले पाठेघर निकाल्ने होइन, पाठेघर सफा गर्ने मात्र हो । यदि उनको उपचार गरिएन भने उनी रगत बगेर मर्छिन् ।’ अस्पतालका कर्मचारीहरूले ती बज्यैलाई डोटेली भाषामा सम्झाएपछि बल्ल उनले हात जोडेर रुँदै भनिन् । ‘तम जसो ठीक हुन्छ, तही अर’ (तिमीहरूलाई जसो ठीक लाग्छ त्यही गर) । वृद्धाका यिनै शब्दलाई स्वीकृतिका रूपमा लिएर डा. बिनाले बिरामी महिलाको पाठेघर सफा गरिदिइन् । एक घन्टाभित्र सबै उपचार भयो । महिला धेरै कमजोर थिइन् तर उनी बाँचेकी थिइन् र हामी ढुक्क भएका थियौं ।
उक्त घटनाले मलाई त्यतिबेला बारम्बार एउटा प्रश्न गर्न विवश तुल्याएको थियो– के सुदूरपश्चिममा महिलाको जीवनभन्दा छोरो हुनु वा नहुनु बढी महत्व राख्छ ?

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुदूरपश्चिममा एक हप्तामा क्वारेन्टिनमा ७ जनाको मृत्यु
Next article ‘स्वस्थ जीवनको आधार, औषधि होइन उपवास’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web