• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोरोना बीमा एक लाखबाट घटाएर २५ हजार पाउने मापदण्डले बीमा प्रतिको विश्वास घट्दै

September 16th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोना बीमा एक लाखबाट घटाएर २५ हजार पाउने मापदण्डले बीमा प्रतिको विश्वास घट्दै

हेल्थ टुडे,

काठमाडौं, ३१ भदौ  :  कोरोना बीमा सम्बन्धी मापदण्ड संसोधन गरेपछि बीमा प्रतिको विश्वासमै प्रश्न चिन्ह खडा भएको छ । बीमा समितिको पछिल्ला निर्णयहरुले बीमा प्रति सर्वसाधरणको विश्वास घट्न थालेको छ । समितिले कोरोना बीमाका सम्बन्धमा गरेको पछिल्लो निर्णय र अदूरदर्शी नीतिले बीमा प्रतिको विश्वास घट्दै जाने देखिएको हो ।

बीमितले एक लाख रुपैयाँको बीमा गर्दा कोरोना संक्रमण भएर पीसीआर परीक्षणबाट पुष्टि भएर होम आइसोलेसनमा बस्नु परेमा राहत खर्च वापत बीमांकको २५ प्रतिशत वा अस्पताल भर्ना हुनुपरेमा तोकिएको आइसोलेसनमा बसेको अवस्थामा चिकित्सकले प्रमाणित गरे अनुसार औषधोपचार खर्च वापत अधिकतम बीमांकको ७५ प्रतिशत मात्रै पाउने व्यवस्था गरेको छ । पहिलेको मापदण्डमा संक्रमित हुँदै १ लाख पाइने प्रवन्ध थियो । समितिले कोरोना बीमा मापदण्डमा गरेको संशोधनले सर्वसाधारणहरुमा आक्रोश देखिएको छ ।

निर्जीवन बीमा कम्पनीहरुले अहिले ५० हजार र एक लाख रुपैयाँका दुई बीमालेख बिक्री गर्दै आइरहेका छन् । त्यसमा एक लाख रुपैयाँ बीमा गर्ने हो भने बीमितले राहत खर्चवापत २५ हजार रुपैयाँ वा उपचार खर्चवापत ७५ हजार रुपैयाँ पाउनेछन् ।

यसरी बीमितले पाउने रकम समेत हटाएपछि सर्वसाधारणहरुले बीमा समितिको नियत माथि प्रश्न उठाउन थालेका छन् । सामाजिक सञ्जालमा मदनराज बिष्ट लेख्छन ्,‘ बीमा गर्ने भनेपछि अधिकांश मानिस नेगेटिभ सोच्छन् । बल्ल बल्ल बीमा प्रति विश्वास बढ्दै थियो । कोरोना बीमाको करणले गर्दा सबै बीमालाई नकारात्मक सोच्च थाल्छन् ।’

माधवी थापाले पनि समाजिक सन्जालमा कोरोना बीमा सम्बन्धी आक्रोस व्यक्ति गरेकी छन् । उनले लेखेकी छन् , वीमा कम्पनी फाइदाका लागि मात्र काम गर्दा रहेछन । जनताको स्वास्थ्यसँग उहाँहरुको कुनै दायित्व नहरेछ भन्ने देखाएको छ ।  यस्ता प्रतिकृयाहरुबाट बीमा प्रति सर्वसाधारणहरुको बुझाई नकारात्मक रहेको प्रष्ट हुन्छ । समितिको यस्तो विवादस्पक निर्णयले बीमा क्षेत्रको विस्तारमा असर पर्ने समेत निश्चित देखिन्छ ।

यसअघि पनि   निजी ल्याबमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिए कोरोना बीमा गर्नेहरुले दाबी भुक्तानी नपाउने व्यवस्था गरेपछि त्यसको चौतर्फी आलोचना भएको थियो । समितिले त्यसको  मापदण्ड परिमार्जन गर्न उपसमितिले गठन गरेको थियो ।

उक्त उपसमितिले निजी ल्यावबाट गरेको पीसीआर परीक्षणको दाबी पाउने व्यवस्था गरेपनि बीमितले पाउने रकममा भने संशोधन गरेको छ ।

एक पटक बिक्री भएका  बीमा पोलिसीहरू चाहे अनुसार परिवर्तन गर्न नमिल्ने अन्तराष्ट्रिय अभ्यास रहे पनि कोरोना बीमाको हकमा नेपालमा मनलाग्दी गरिन थालेको छ ।

बीमा विज्ञ डा. रविन्द्र घिमिरेले समितिको यस्तो निर्णयले जनविश्वास गुम्ने खतरा रहेको बताउँछन् । ‘बीमा समितिको पछिल्लो निर्णयले बीमा प्रति सर्वसाधारणको जनविश्वास गुम्ने खतरा रहेको छ । यस्तै ठुलो मात्रमा दाबी परे बीमा कम्पनीहरु पनि टाट पल्टिन सक्छ ।’ त्यसैलै यस्तोबेला सरकारले नै रेस्क्यु गर्ने पर्ने उनको भनाई छ ।

बीमा समितिले भने कोरोना बीमालाई पाइलट प्रोजेक्टको रुपमा ल्याएको हुनाले समय सापेक्ष संशोधन गर्दै लगिएको जनाएको छ । समितिका कार्यकारी राजुरमण पौडेलले कोरोना बीमालाई अरू बीमाहरूसँग तुलना गर्न नमिल्ने बताउछन् । ’कोरोना बीमालाई पाइलट प्रोजेक्टको रुपमा ल्याएको हो ।  हामीले यसलाई पहिले नै समय सापेक्ष संशोधन गर्दै लैजाने भनेका थियौं । त्यस अनुसार मात्रै परिमार्जन भएको हो ।’ उनले भने ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब मृत्यु भइसककोहरुको पीसीआर टेष्ट नहुने
Next article आइसोलेसनमै बच्चा जन्माइन् कोरोना संक्रमित महिलाले

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134253
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

133
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

133
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web