• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कहिले आउँछ नेपालमा कोभिड–१९ विरुद्धको खोप ?

January 13th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कहिले आउँछ नेपालमा कोभिड–१९ विरुद्धको खोप ?

हेल्थ टुडे,

काठमाडौं, २९ पुष  नेपालमा कोभिड–१९ विरुद्धको खोप कहिले आउँछ भन्ने चर्चा बिगत दुई महिनादेखि चलिरहेको भएपनि कहिले आइपुग्छ त भन्ने प्रश्नको जवाफ नेपालमा कसैसँग पनि छैन । सरकारले खोप प्राप्तिका लागि गरिरहेका प्रयासहरु फितलो प्रमाणित भइरहेका बेला निजी स्तरमा खोप ल्याउनका लागि पनि चलखेल सुरु भइसकेको छ । त्यही चलखेलका कारण सरकारका प्रयासहरु फितलो भइरहेको हो भनेर आलोचना गर्नेहरुको स्वर पनि सुनिन थालेको छ ।

मन्त्रालयस्थित उच्च स्रोतका अनुसार मेडिकल क्षेत्रका पुराना खेलाडीहरुका साथै नेपालका घरानीया व्यापारीहरु पनि निजी तवरबाट खोप ल्याएर मोटो रकम कमाउन दौडधुपमा लागेका छन् । ती स्रोतले भने– ‘खोप त ल्याउलान् तर सरकारले बिक्री गर्न दिँदैन कि भन्ने डरले अहिले शक्तिकेन्द्रहरुको राय बुझ्न दौडिरहेका छन् ।’

स्रोतका अनुसार एक घरानीया व्यापारिक समूहले भारतको सिरमले उत्पादन गरेको खोप प्राप्त गर्न भारतीय पक्षलाई नै पनि राजी गराइसकेको छ । ‘एउटा ग्रुपले सिरमसँग कुरा मिलाइसक्यो भन्ने सुनेको छु । त्यसैले एस्ट्राजेनेकाका उच्च अधिकारीसँग अनलाइनमा वान टू वान छलफल गर्ने भनेर तय भएको कार्यक्रम रद्द गरेर मेल मात्र पठाउने तयारी भइरहेको छ,’ स्रोतले भन्यो । यस्तै स्रोतका अनुसार सरकारले मोर्डेनाका उच्च अधिकारीसँग पनि खोप प्राप्तिका लागि औपचारिक छलफलको प्रयास गरिरहेको छ ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारी अनौपचारिक कुराकानीमा बताएर अनुसार सरकार केही गरी आफ्नो पहलमा खोप ल्याउन सफल भएन भने निजी क्षेत्रलाई आयात गर्नका लागि दिने मानसिकतामा छ । तर, सो खोप सरकारले नै खरिद गरेर निशुल्क लगाउने छ । ’ल्याउन त जसले ल्याएपनि हुन्छ नि । लगाउन कसले पाउँछ भन्ने पो मुख्य कुरा हो,’ ती अधिकारीले भनेका थिए ।

एकातर्फ गाभीका लागि सबैभन्दा धेरै खोप दिनका लागि प्रतिबद्धता जनाएको भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाका प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाले मार्च–अप्रिलमा मात्रै त्यो सम्भव हुने बताइसकेका छन् । भारतीय सञ्चार माध्यमलाई उनले दिएको प्रतिक्रियाअनुसार भारतीय सरकारले त्यहाँको जनसंख्यालाई पुग्ने खोप उत्पादन भएपछि मात्रै बाहिर निर्यात गर्ने सर्तमा सो खोपलाई अनुमति दिइएको हो । उनको यो प्रतिक्रियापछि नेपालले गाभीबाट खोप पाउने समय थप लम्बिने निश्चित भएको छ । नेपाल सरकारले भारतीय सरकारलाई मनाउन सकेमात्रै केही मात्रामा खोप प्राप्त गर्न सकिन्छ । नभए सिरमसँग खोप नै किन्ने बाटो पनि अहिलेका लागि बन्द भएको छ ।

अर्कोतर्फ भारत सरकारले बिना कुनै ठोस प्रमाण सार्वजनिक हुनुपूर्व नै अनुमतिदिएको ‘कोभ्याक्सिन’ खोप नेपाललाई दिने प्रप्ताव गरे लिने कि नलिने भन्ने गम्भीर प्रश्न पनि छ । त्यसतर्फ पनि नेपाल सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विशेषज्ञहरुले ध्यान पु¥याउनुपर्छ ।

कुन खोप नेपालका लागि उपयुक्त ?

नेपालका लागि कुन खोप सबैभन्दा बढी उपयुक्त हुन्छ भन्ने प्रश्नको जवाफ हालसम्म पनि स्वास्थ्य मन्त्रालयसँग भए जस्तो देखिन्न । मोडर्ना, फाइजर – बयोएनटेक, एस्ट्राजेनेका–अक्सफोर्ड विश्वविद्यालय, रुस र चीन आदिले निर्माण गरेका खोपहरु विभिन्न देशमा अनुमति प्राप्त गर्दै प्रयोगमा आउन थालिसकेका छन् । तर, यी खोपहरुमध्ये नेपालका लागि कुन उपयुक्त हुन्छ भन्नेमा भने बहस जारी नै छ ।

हालसम्म विभिन्न देशका सरकारी निकायहरुबाट प्रमाणित भएका खोपहरु कोभिड–१९ विरुद्ध प्रभावकारी भए पनि उपयुक्त भने नहुने देखिन्छ । किनभने एस्ट्राजेनेकाले विकास गरेको खोप बाहेक अधिकांश खोपहरुलाई भण्डारण गरेर राख्नका लागि थोरैमा पनि माइनस २० डिग्रीको युनिट आवश्यकता पर्छ । जसका कारण ती खोप प्राप्त भए पनि व्यवस्थापनमा ठूलो चुनौती आइपर्छ । नेपालमा कोल्डचेनमा उचित तवरले राख्न र ढुवानी गर्नका लागि आवश्यक पूर्वाधार नै छैन । सिरमले उत्पादन गरिरहेको एस्ट्राजेनेकाको खोप भने समान्य फ्रिजमै सजिलै भण्डारण गर्न सकिन्छ ।

नवनियुक्त स्वास्थ्य मन्त्री त्रिपाठीले कुनै पनि भ्याक्सिन आएकै खण्डमा पनि त्यसलाई उचित तवरले भण्डारण गर्ने व्यवस्था नभएका कारण आफूले सो पूर्वाधार खडा गर्न निर्देशन दिएको बताएका छन् । ‘मैले कोल्डस्टोर, गाडी लगायतका अन्य पूवाधार लगायतका आवश्यक व्यवस्थाहरु गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘कोल्डस्टोर समयमा बनाउन नसक्ने हो भने यो काम पनि सेनाकै जिम्मा लगाइदिन्छु भनेर पनि भनेको छु ।’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भारतमा माघ ३ देखि कोभिड खोप दिन सुरु हुने, पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मीलाई दिइने
Next article किन हुन्छ बच्चा भक्भके ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133329
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

39
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web