• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोभिसिल्ड खोप वितरणमा अझै अलमल

January 23rd, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोभिसिल्ड खोप वितरणमा अझै अलमल

हेल्थ टुडे,

काठमाडौँ, १० माघ : भारत सरकारले अनुदानमा नेपाललाई दिएको  कोभिसिल्ड खोप सरकारको तयारी पूरा नभएकाले जिल्ला तहसम्म पु¥याउन ढिलाइ हुने भएको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए पनि कुन जिल्लामा कसले खोप पाउने भन्ने तथ्यांक अझै यकिन भएको छैन ।

खोप लगाउन आवश्यक पर्ने सामग्रीका लागि बजेटको जोहो बल्ल हुँदै छ । खोप दिन खटिने कर्मचारीलाई तालिम पनि अधुरै छ । भारतले बिहीबार उपलब्ध गराएको १० लाख डोज कोभिसिल्ड खोप काठमाडौंको टेकुस्थित केन्द्रीय भण्डारणमा राखिएको छ । सरकारले खोप आएको पाँच दिनभित्र जिल्ला तहसम्म पु¥याउने योजना बनाएको थियो ।

तर जिल्लागत विवरण यकिन नहुँदा प्रदेशमा खोप ढुवानी गर्न ढिलाइ भएको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख भीमसिंह तिंकरीले बताए । ‘खोप लगाउनेको जिल्लागत यकिन विवरण प्राप्त नहुँदा शुक्रबार ढुवानी हुन सकेन,’ उनले भने, ‘तथ्यांक पूर्ण रूपमा नआए पनि आइतबारसम्म प्रदेशमा खोप पठाइसक्छौं ।’ विभागले खोप भण्डारण शाखालाई तयारी अवस्था बस्न निर्देशन दिएको छ । ‘जिल्लागत पठाइने खोपको सूची तयार हुनेबित्तिकै लोड गरेर लैजान तयार छौं,’ भण्डारणका एक कर्मचारीले भने, ‘तर, कहाँ कति लैजाने भन्ने यकिन भएन ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक, शव व्यवस्थापन, सफाइमा खटिने कर्मचारीलाई पहिलो चरणमै खोप लगाउने योजना बनाएको छ । तथ्यांक संकलन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । हरेक स्थानीय तहबाट संकलन भएको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालयले विभागमा पठाउनुपर्छ ।

स्वास्थ्य मन्त्रालयले खोप लगाउन आवश्यक पर्ने सामग्री, खोप लगाएपछि असर देखिए त्यस्ता व्यक्तिलाई दिने औषधि खरिदका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरेको छ । सरकारले फागुनमा खोप आउन सक्ने भन्दै तयारी सुस्त गरेको थियो । मन्त्रालयले पुस २० मा स्थानीय तहलाई पत्राचार गरी खोप लगाउने स्वास्थ्यकर्मीको तथ्यांक संकलनको प्रक्रिया अघि बढाएको थियो ।

औषधि व्यवस्था विभागबाट दर्ता प्रक्रिया, खोप लगाउनेको विवरण तयार र आवश्यक सामग्री भएलगत्तै खोप जिल्लास्तरमा पुगिसक्ने विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले बताए । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले अनुमतिको काम यसअघि नै सकिए पनि भ्याक्सिनको ‘लट रिलिज’ बाँकी रहेको जानकारी दिए । ‘बिहीबार अबेर स्याम्पल प्राप्त भएको थियो,’ उनले भने, ‘यो सामान्य प्रक्रिया हो । राष्ट्रिय औषधि प्रयोगशालाले परीक्षण गरेर लट रिलिज गर्छ ।’ खोप दिने ८ हजारभन्दा बढी जनशक्तिलाई तालिमसमेत दिन बाँकी छ । विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले तालिम सञ्चालन भइरहेको बताए । खोप नयाँ भएकाले कर्मचारीलाई तालिम चाहिएको विभागले जनाएको छ । ‘हामीले सोचेभन्दा छिटो खोप प्राप्त भएकाले अलमल भएको हो,’ विभागका एक कर्मचारीले भने ।

भारतबाट प्राप्त खोप प्रदेशमा लैजाने रुट तय भइसकेको छ । दुइटा ट्रकमध्ये एउटाले वाग्मती, प्रदेश २ र प्रदेश १ का लागि खोप पु¥याउनेछ । अर्को ट्रकमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि पठाइन्छ । १० लाखमध्ये ४ लाख ५० हजार मात्रा मात्रै प्रदेशमा पठाइने भएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोभिड–१९ विरुद्धको खोप इन्डियन एयरलाइन्सको विमानबाट आज १२ बजे काठमाडौं आइपुग्दै 
Next article सिनोफार्मसँग क्लिनिकल ट्रायलको कागजात माग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133181
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web