हेल्थ टुडे,
काठमाडौँ, २५ चैत : स्वास्थ्य बीमा बोर्डले देशका ७५ वटै जिल्लामा स्वास्थ्य वीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पाँचौ स्वास्थ्य बीमा दिवसको अवसर पारेर सरकारले थप ६ जिल्लामा स्वास्थ्य वीमा कार्यक्रम बिस्तार गर्ने निर्णय गरेसँगै ७५ वटै जिल्लामा स्वास्थ्य वीमा कार्यक्रम सञ्चालन हुने भएको हो । पछिल्लो पटक ताप्लेजुङ्ग, बारा, सर्लाही, दोलखा, मनाङ्ग र मुस्ताङमा कार्यक्रम सुरु गरिएको छ । स्वास्थ्य बीमा सेवालाई नेपाल सरकारले सञ्चालनमा ल्याएको नागरिक एपमा पनि समावेश गरिएको छ ।
कार्यक्रम शुभारम्भ गर्दे स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले स्वास्थ्यबिमा कार्यक्रमलाई नेपाल सरकारले धेरै नै महत्व दिएको बताए । उनले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै कर्मचारी पदाधिकारी लाग्नुपर्नेमा जोड दिए ।।
मन्त्री त्रिपाठीले स्वास्थ्यबिमामा सहभागी भएका विमितहरुको सेवा सुविधामा हेलचेक्र्याइ नगर्न सचेत गराए । स्वास्थ्यबिमाका विमितहरुलाई दिईने सेवा सुविधालाई बोझको रुपमा नहेर्न उहाँले चेतावनी नै दिए ।
नेपाल सरकारले २०७२ चैत्र २५ देखि स्वास्थ्यबीमा कार्यक्रम सुरु गरेको हो । पहिलो कार्यक्रम कैलाली जिल्लाबाट सुरु गरिएको थियो । थप ६ जिल्लामा विस्तार भएसंगै स्वास्थ्यबीमा कार्यक्रम ७५ वटा जिल्लामा लागु भएको छ ।
यो कार्यक्रममा सहभागी भएका विमितहरुले औषधि र उपचार सेवामा सहुलियत पाउनेछन् । ५ जना सम्मको परिवार भएको विमितले प्रतिबर्ष ३ हजार ५ सय रुपैया प्रिमियम शुल्क तिरेमा स्वास्थ्यबीमा कार्यक्रमको सम्पुर्ण सुविधा लिन पाउछन् ।
Leave a Reply