• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोरोना उपचारमा खटिएका चिकित्सकलागि चिकित्सक संघ बनायो १०० बेडको कोरेन्टीन

May 17th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोना उपचारमा खटिएका चिकित्सकलागि चिकित्सक संघ बनायो १०० बेडको कोरेन्टीन

हेल्थ टुडे,

काठमाडौं, ३ जेठ : कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि नेपाल चिकित्सक संघले १०० बेडको सुविधा सम्पन्न कोरेन्टीन सेन्टर सञ्चालन गर्ने भएको छ । उक्त कोरेन्टीन सेन्टरको आज उद्घाटन हुने संघका महासचिव डा. बद्री रिजालले जानकारी दिएका छन् ।

कोरोना उपचारमा संलग्न चिकित्सकहरु आफै संक्रमित भएपछि सुरक्षित तवरले कहाँ बस्ने भन्ने समस्या देखिएपछि संघले अग्रवाल सेवा केन्द्र, हिन्दु सेवक संघ र सेवा इन्टरनेशनलको सहकार्यमा उक्त कोरेन्टीन सेन्टर सञ्चालनमा ल्याउन लागेको हो । उक्त कोरेन्टीन सेन्टरलाई केही समयपछि आइसोलेसन सेन्टर समेत सञ्चालन गर्ने योजना संघले बनाएको छ । संघका महासचिव डा. रिजालले क्यारेन्टीनको उद्घाटन आज बिहान ११ बजे नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले गर्ने छन् ।

क्वारेन्टीन सञ्चालनका लागि नेपाल चिकित्सक संघका तर्फबाट केन्द्रिय सदस्य डा. प्रमोद जोशीको संयोजकत्वमा केन्द्रिय सदस्य डा. रितेश थापा र वरिष्ठ प्रशासकिय अधिकृत मिलन खनाल रहेको कमिटी समेत गठन गरिएको संघका महासचिव डा. रिजालले जानकारी दिएका छन् । क्वारेन्टीमा बस्ने चिकित्सकका लागि दिनमा ४ पटक स्वस्थ्य खाना उपलब्ध हुने छ । केही समयपछि सञ्चालन हुने आइसोलेसन सेन्टरमा अक्सिजन, अत्यावश्यक औषधि एवं स्वास्थ्य परिक्षणको व्यवस्था गरिने संघले जनाएको छ । फाइल तस्बिर : दी हिमालय टाइम्स 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बिगत २४ घण्टामा ९ हजार १९८ संक्रमित, ५ हजार ७६२ निको भए
Next article काठमाडौंका सरकारी अस्पतालहरुमा कोभिड ओपिडी सेवा सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134103
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

134
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

138
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web