• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 7th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोरोना उपचारमा खटिएका चिकित्सकलागि चिकित्सक संघ बनायो १०० बेडको कोरेन्टीन

May 17th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोना उपचारमा खटिएका चिकित्सकलागि चिकित्सक संघ बनायो १०० बेडको कोरेन्टीन

हेल्थ टुडे,

काठमाडौं, ३ जेठ : कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि नेपाल चिकित्सक संघले १०० बेडको सुविधा सम्पन्न कोरेन्टीन सेन्टर सञ्चालन गर्ने भएको छ । उक्त कोरेन्टीन सेन्टरको आज उद्घाटन हुने संघका महासचिव डा. बद्री रिजालले जानकारी दिएका छन् ।

कोरोना उपचारमा संलग्न चिकित्सकहरु आफै संक्रमित भएपछि सुरक्षित तवरले कहाँ बस्ने भन्ने समस्या देखिएपछि संघले अग्रवाल सेवा केन्द्र, हिन्दु सेवक संघ र सेवा इन्टरनेशनलको सहकार्यमा उक्त कोरेन्टीन सेन्टर सञ्चालनमा ल्याउन लागेको हो । उक्त कोरेन्टीन सेन्टरलाई केही समयपछि आइसोलेसन सेन्टर समेत सञ्चालन गर्ने योजना संघले बनाएको छ । संघका महासचिव डा. रिजालले क्यारेन्टीनको उद्घाटन आज बिहान ११ बजे नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले गर्ने छन् ।

क्वारेन्टीन सञ्चालनका लागि नेपाल चिकित्सक संघका तर्फबाट केन्द्रिय सदस्य डा. प्रमोद जोशीको संयोजकत्वमा केन्द्रिय सदस्य डा. रितेश थापा र वरिष्ठ प्रशासकिय अधिकृत मिलन खनाल रहेको कमिटी समेत गठन गरिएको संघका महासचिव डा. रिजालले जानकारी दिएका छन् । क्वारेन्टीमा बस्ने चिकित्सकका लागि दिनमा ४ पटक स्वस्थ्य खाना उपलब्ध हुने छ । केही समयपछि सञ्चालन हुने आइसोलेसन सेन्टरमा अक्सिजन, अत्यावश्यक औषधि एवं स्वास्थ्य परिक्षणको व्यवस्था गरिने संघले जनाएको छ । फाइल तस्बिर : दी हिमालय टाइम्स 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article काठमाडौंका सरकारी अस्पतालहरुमा कोभिड ओपिडी सेवा सुरु
Next article बिगत २४ घण्टामा ९ हजार १९८ संक्रमित, ५ हजार ७६२ निको भए

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132173
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web