• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 19th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

राजधानीमा फर्मा एक्पो सुरु

March 3rd, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे
औषधि उत्पादकहरुको साझा संस्था नेपाल औषधि उत्पादक संघको आयोजनामा शुक्रबारदेखि राजधानीको भृकुटी मण्डपमा फर्मा एक्पो सुरु भएको छ । तिन दिनसम्म चल्ने एक्पोको नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति मुरारकाले उद्घाटन गरेका हुन् ।
मेलामा स्वदेशी र विदेशी गरि १०८ वटा औषधि कम्पनीका स्टल राखिएका छन् । उद्घाटन कार्यक्रममा संघका अध्यक्ष शैकर घिमिरेले नेपाली औषधि उद्योग आत्मनिर्भरताको बाटोमा गइरहेको दाबी गर्दै सरकारले स्वदेशी उद्योगहरुलाई प्रोत्साहन गर्ने वातावरण बनाउनु आवश्यक रहेको बताए । अहिले नेपालमा खपत हुने कुल औषधिको ४५ प्रतिसत औषधि नेपालमै उत्पादन भइरहेको घिमिरेले जानकारी दिए । एक्पोका प्रवक्ता प्रज्ज्वलजंग पाण्डेले पहिलेका वर्षहरु भन्दा यो बर्ष बढी औषधि कम्पनीहरुको सहभागिता रहेको जनाउदै मेलामा करिव ५० हजारले अवलोकन गर्ने अपेक्षा गरेको बताए । नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले सरकारले फागुन मसान्त भित्र सबै क्लिनिक दर्ता भइसक्नु पर्ने नियमले औषधि पशल भित्र सञ्चालन हुने क्लिनिक दर्तामा समस्या रहेको बताउदै यसका लागि कम्तिमा ६ महिनाको समय दिनु पर्ने माग गरे ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले उद्योगको विकास नभएसम्म नेपाल समृद्व हुन नसक्ने दाबी गर्दै राज्यले गुणस्तरीय औषधि उत्पादन गर्ने उद्योग सञ्चालनका लागि उपयुक्त वातावरण सिर्जना गर्नु पर्ने बताए । संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले सरकारले औषधिको मूल्य नियन्त्रण गर्न खोजेकोमा विरोध गर्दै यसले औषधि उद्योगमा समस्या ल्याउने ठोकुवा गरे । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बजारमा औषधिको मूल्य कुनै बैज्ञानिक नभएकाले सरकारले मूल्य नियन्त्रण गर्न लागेको बताए । उत्पादक र उपभोक्ता भन्दा पनि बिचौलियाले औषधिको मूल्य बढाएर सयौं प्रतिसत नाफा लिइरहेको जानकारी दिदै सरकार औषधि उद्योगको वाधक नरहेको बताए ।
कार्यक्रममा औषधि उद्योगका विकासमा योगदान दिएको भन्दै पन्ना थापा र आशिश भण्डारीलाई सम्मान गरिएको थियो । एक्सोको उद्घाटन स्वास्थ्य मन्त्री गगन थापाले गर्ने भनिएको भए पनि निर्वाचन आचारसंहिताका कारण थापा उद्घाटनका लागि आएनन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सनमले जितिन ‘ मिस नेपाल पिस ’ को उपाधि
Next article अब माइक्रोस्कोपबाट दाँतको उपचार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 19th 6:30 AM
समाचार

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन पास भएपछि सुदूरपश्चिमवासी खुशी

May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

May 17th 3:28 AM
समाचार

फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131512
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web