हेल्थ टुडे,
काठमाडौं, ६ साउन : गत वर्ष काठमाडौं मेडिकल कलेज किनेका नोबेल मेडिकल कलेज बिराटनगरका सञ्चालक डा. शुनिल शर्माले नेपालगञ्ज मेडिकल कलेजको आधा भन्दा बढी शेयर किनेका छन् । स्रोतका अनुसार दुई अर्ब मूल्यांकन गरिएको नेपालगञ्ज मेडिकल कलेजको ५५ प्रतिशत स्वामित्व डा. शर्माले किनेका हुन् ।
नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार नेपालगञ्ज मेडिकल कलेजको ५५ प्रतिशत शेयर खरिदका लागि सम्झौता भइसकेको छ र सबै प्रक्रिया भदौभित्र सक्ने गरि काम अगाडि बढेको छ । नेपालगन्ज मेडिकल कलेज सुरेश कनौडियाले सञ्चालन गरिहेका छन् ।
Leave a Reply