हेल्थ टुडे,
काठमाडौं, १७ साउन : वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको छ । केपी ओली नेतृत्वको सरकारले दुई महिना पहिले कोभिड १९ नियन्त्रणसम्बन्धी अध्यादेश मार्फत वीर अस्पताललाई कोभिड युनिफाइड अस्पताल बनाएर त्यसको कार्यकारी अधिकारीका स्त्री तथा प्रसूतिरोग विज्ञ डा. जागेश्वर गौतमलाई नियुक्त गरेपछि नै कर्मचारीले त्यसको विरोध गर्दै आइरहेका थिए । न्याम्सको कार्यक्षेत्र मिचेर डा. गौतमले अस्पतालको सेवा सुधारमा भन्दा आर्थिक भार थप्ने काम गरिरहेको भन्दै स्वास्थ्यकर्मी र कर्मचारी विरोधमा उत्रिएको आन्दोलनरत कर्मचारी एवं नेपाल सस्थ्यकर्मी संघका पूर्व सचिव दीपक मुडभरीले बताए । प्रहरीसंगको झडपमा ४ जना घाइते भएका छन् । आन्दोलनरत कर्मचारीका अनुसार डा. गौतमलाई सो पदबाट नहटाउन्जेलसम्म आन्दोलन र प्रदर्शन रोकिने छैन ।
ारले अध्यादेश मार्फत अस्पतालको प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको आन्दोलनरत कर्मचारी दीपक मुडभरीले बताए । झडपमा ४ जना घाइते भएका छन् ।
स्वास्थ्यकर्मीहरुले बिगत आठ महिनादेखि कोभिड–१९ जोखिम भत्ता लगायतका विभिन्न भत्ता नपाएको र आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड–१९ जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । नेतृत्व अभावकै कारण बिगत दुई वर्षदेखि अस्पताल आर्थिक रुपमा कमजोर बन्दै गइरहेको छ ।
Leave a Reply