हेल्थ टुडे,
काठमाडौं, २० साउन : पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।
नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो । बुधबार दिउँसो खनालको प्रत्यारोपण सफल भएको पारिवारिक स्रोतले जनाएको छ । खनाल गत असार २ गते अस्पताल भर्ना भएका थिए । खनालको दुवै मिर्गौलामा समस्या थियो ।
Leave a Reply