• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अब परिवार नियोजन संघले पनि टेष्टट्युव वेवी सेवा सञ्चालन गर्ने

September 17th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अब परिवार नियोजन संघले पनि टेष्टट्युव वेवी सेवा सञ्चालन गर्ने

पदमराज जोशी,

काठमाडौं, १ असोज : नेपाल परिवार नियोजन संघले टेष्टट्युव वेवी अर्थात  आईभीएफ (इन भर्टो फर्टिलाइजेसन) सेवा सञ्चालनमा ल्याउने भएको छ । निःसन्तान दम्पतीको आवश्यकता र चाहनालाई ध्यानमा राखेर संघले दशै लगत्तै टेष्टट्युव वेवी सेवा सहितको आईभिएफ क्लिनिक सञ्चालन गर्ने जनाएको छ ।

नेपाल परिवार नियोजन संघका कार्यकारी प्रशासक डा. नरेशप्रताप केसीले आउँदो दशै लगत्तै परिवार नियोजन संघको ललितपुरस्थित केन्द्रिय कार्यालयको क्लिनिकसँगै आईभिएफ क्लिनिक सञ्चालन गर्न लागिएको बताए । डा. केसीले भने, ‘यौन तथा प्रजनन् स्वास्थ्यका सम्पूर्ण सेवाहरु प्रदान गरिरहेको परिवार नियोजन संघले अहिलेसम्म आईभिएफ सेवा दिन नसक्दा अपुरो जस्तो थियो । अब यो सेवा पनि सञ्चालन हुने भएपछि यौन तथा प्रजनन् स्वास्थ्यका सबै सेवा दिन सक्षम हुने छौ । ’

भारतीय विज्ञहरुको सहयोगमा संघले यो सेवा सञ्चालन गर्न लागेको नेपाल परिवार नियोजन संघका परिवार नियोजन विज्ञ डा. ओम महर्जनले जानकारी दिए । सेवा सञ्चालनका लागि आवश्यक भौतिक संरचना, तालिम र अन्य तयारी भइरहेको डा. महर्जनले बताए ।

सन् १९५९ मा आफ्नो स्थापनादेखि नै संघले तिन दर्जनबढी जिल्लामार्फत परिवार नियोजन लगायत यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा सेवा गर्दै आइरहेको छ । नेपालमा सन् २००४ जुलाई १० मा पहिलो पटक ओम हस्पिटलबाट टेष्ट ट्युव वेवी सेवा सञ्चालनमा आएको थियो । अहिले आधा दर्जन बढी अस्पतालमा यो सेवा सञ्चालनमा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २० प्रतिसत दम्पतीमा कुनै न कुनै किसिमको निसन्तानपनको समस्या छ ।

Ativador Windows 11

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकबाट डा.ज्ञवाली हटाइए
Next article सुखी र खुसी परिवारका लागि परिवार योजना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132861
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web