हेल्थ टुडे,
काठमाडौं, १७ असोज : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशक मतिना जोशी (वैद्य ) लाई नेपाल खाद्य, आयुर्वेदिक, न्यूट्रास्युटिकल तथा कस्मेटिकल समाज (फ्यानक्यान) ले बधाई ज्ञापन गरेको छ । फ्यानक्यानका अध्यक्ष सुरेन्द्र मानन्धर नेतृत्वको टिमले हालै महानिर्देशक मतिनालाई भेट गरि सफल कार्यकालका लागि फ्यानक्यानका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरेको हो । फ्यानक्यानले महानिर्देशक मतिना जोशीको कार्यकालमा खाद्य तथा गुणस्तर नियन्त्रणका क्षेत्रमा प्रभावकारी काम हुने विश्वास गरेको अध्यक्ष मानन्धरले बताए । महानिर्देशक जोशी हालै महानिर्देशक नियक्त भएकी हुन् ।
Leave a Reply