• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कर्णाली प्रदेशमा एक वर्ष भित्रै मिर्गौला प्रत्यारोपण र डायलासिस सेवा बिस्तार हुने

March 24th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कर्णाली प्रदेशमा एक वर्ष भित्रै मिर्गौला प्रत्यारोपण र डायलासिस सेवा बिस्तार हुने

हेल्थ टुडे,
काठमाडौं, १० चैत : कर्णाली प्रदेशमा एक वर्षभित्रै मिर्गौला प्रत्यारोपण सेवा र डायलासिस सेवा विस्तार हुने भएको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबिच बिहीबार सम्झौता भएको छ । सम्झौतामा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ र कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा. डा. डम्बर खड्काले हस्ताक्षर गरेका छन् ।

देशका सात वटै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने र डायलासिस सेवा बिस्तार गर्ने उद्देश्य अनुसार शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न प्रदेशसँग सहकार्य गर्न थालेको छ । यो भन्दा पहिले केन्द्रले गण्डकी प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने सम्झौता गरेको थियो । डा. श्रेष्ठ र डा. खड्काले बिहीबार गरेको सम्झौता अनुसार यसै आर्थिक वर्ष भित्रै प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण सुरु गरिने छ भने प्रदेश मातहतका विभिन्न अस्पतालहरुमा डायलासिस सेवा बिस्तार  हुने छ । उक्त कार्य गर्नका लागि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका केन्द्रले अन्तरगतको जनशक्तिको तालिम, अध्यापनको व्यवस्था गर्ने छ ।

यसका साथै प्रदेश अस्पताल सुर्खेत अन्तरगत शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण फेलोसिप, डएम, नेफ्रोलोजी, नर्सिड बिषयमा स्नातक र स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्न आवश्यक गृह कार्य समेत गरिने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article देउवा सरकारको अंगदानमा ऐतिहासिक निर्णय : प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंग दान गर्ने
Next article मिर्गौला प्रत्यारोपी, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132861
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web