• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

३० लाख जनसंख्यामा कुनै न कुनै किसिमको मृगौलाको रोग

May 3rd, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
३० लाख जनसंख्यामा कुनै न कुनै किसिमको मृगौलाको रोग

डा. पुकारचन्द्र श्रेष्ठ.
पछिल्ला केही वर्षयता मोटोपन संसारभरी नै बढ्दो समस्याका रुपमा देखापरेको छ । उच्चरक्तचाप, स्वासप्रस्वास, मुटु रोग जस्तै मोटोपन किड्नीका लागि पनि हानीकारक मानिन्छ । यसले २ देखि ७ गुणासम्म किड्नी ‘फेल’ गराउने सम्भावना हुन्छ । नेपालमा करिब ३० लाख जनसंख्यामा कुनै न कुनै किसिमको मृगौलाको रोग लागेको अनुमान छ । यहाँ ३ हजार जनाको बर्षैपिच्छे दुवै किड्नी फेल हुने गर्छ । तीमध्ये ९० प्रतिशतभन्दा बढीको केही महिनामै मृत्यु हुने गर्छ ।
किड्नी सम्बन्धि रोग लाग्ने विभिन्न कारक तत्वहरु मध्ये मोटोपन बलियो कारण हो । उच्च रक्तचाप र मधुमेहजस्तै दीर्घकालीन किड्नीको रोगको प्रमुख कारक तत्वमध्ये मोटोपन पनि एक हो । यसले किड्नी ‘फेल’ गराउन ठूलो भूमिका खेलेको हुन्छ । मोटोपन भएका व्यक्तिहरुमा किड्नीले अरूमा भन्दा बढी कार्य गर्नुपर्ने हुन्छ, जसले गर्दा किड्नी विस्तारै खराब भई दीर्घकालीन रोग लाग्ने गर्छ ।
उच्च तौल भएका वा मोटोपन भएकाहरूमा किड्नी फेल ‘हुने’ समस्या अरू स्वस्थ व्यक्तिहरूको तुलनामा २ देखि ७ गुणा बढी हुन्छ । यी सबका बाबजुद पनि शुभ समाचार के छ भने मोटोपन र किड्नीको दीर्घरोग धेरै हदसम्म रोकथाम गर्न सकिने समस्या हुन् र सन्तुलित आहार तथा शारीरिक व्यायमजस्तो स्वस्थ जीवनशैलीले मोटोपन र किड्नीको रोग लाग्नबाट बचाउन सकिन्छ । रोग लागेपछि उपचार गराउनु भन्दा रोगै लाग्न नदिन राम्रो भनेझै हरेक व्यक्तिले खानपानमा ध्यान दिनै पर्छ । खानपान र व्यायाममा ध्यान दिन सकिए मोटोपन नियन्त्रणमा राख्न सकिन्छ ।
विश्व स्वास्थ्य संगठनले पनि मोटोपनको खराबी र किड्नी रोग लाग्नमा यसको असर तथा यसबाट जोगिन स्वस्थ जीवनशैली र उपयुक्त स्वास्थ्य नीतिका उपायमार्फत रोगको रोकथाममा विशेष जोड दिएको छ । सन् २०२५ सम्ममा मोटोपनले संसारभर १८ प्रतिशत पुरुष र २१ प्रतिशत महिलालाई असर गर्ने अनुमान गरिएको छ भने ६ प्रतिशत पुरुष र ९ प्रतिशत महिला गम्भीर मोटोपनले पीडित हुने अनुमान गरिएको छ । कुनै—कुनै राष्ट्रमा त एक तिहाइ जनसंख्या मोटोपनको सिकार भइसकेको छ र कमजोर स्वास्थ्य र चिकित्सा क्षेत्रको अधिकतम खर्चको कारण बनिसकेको छ ।
साधारणतया जनमानसमा मोटोपनले मृत्युको जोखिम बढाउने मात्र नभई अनेकौं रोग निम्त्याउने गर्छ । जस्तै—मुटुको रोग, मधुमय, उच्च रक्तचाप, उच्च कोलेस्टोरल, निद्रामा घुर्ने, कलेजोको बोसोपन, पित्तथैलीको रोग, जोर्नी खिइने, विभिन्न क्यान्सर, मानसिक रोग तथा न्युन जीवनस्तर आदि।
वैज्ञानिकहरूका अनुसार मोटोपनका कारण नसर्ने रोगहरुको संक्रमण अपत्यारिलो ढंगले बढ्दै गइरहेको पाइएको छ । मोटोपनले अप्रत्यक्ष रूपमा मधुमेह, उच्च रक्तचाप, मुटुको रोग आदि गराएर किड्नी रोगको कारक तत्व बन्ने गर्छ भने प्रत्यक्ष रूपमा किड्नीलाई अत्यधिक कार्य गर्न लगाई किड्नी खराबी ल्याउने गर्छ र यसले किड्नीको पत्थरी तथा किड्नीको क्यान्सरसमेत गराउन सक्छ । मोटोपन घटाउनाले किड्नीका दीर्घरोगमा कमी गराउन वा निको पार्न पनि मद्दत गर्छ । अकस्मात किड्नीमा खराबी आउने समस्या पनि मोटोपना भएकामा बढी मात्रामा पाइने गर्छ । किड्नी रोगको गम्भीरतालाई मनन गरी नेपाल सरकारले डायलासिस पूर्णरूपमा नि शुल्क गरिसकेको छ भने किड्नी प्रत्यारोपण पनि निशुल्क गर्ने अन्तिम तयारी भइरहेको छ । यसबाट किड्नी रोगले थलिएकाहरू जसको घर—सम्पत्ति सखाफ भइसकेको छ, उनीहरूमा बाँच्ने आसा पलाएको छ र प्रत्यारोपणपश्चात स्वस्थ व्यक्ति सरह जीवनयापन गर्नसक्ने हुँदा देशको उत्पादकत्वमा पनि अभिवृद्धि हुनेछ ।
१० वर्षअघि स्थापना भएको मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले मृगौला ‘फेल’ भएकाहरूका लागि अधिकतम संख्यामा डायलासिस र प्रत्यारोपणको सुविधा उपलब्ध गराउँदै आएको छ भने हालै सुरु गरेको कलेजो प्रत्यारोपण तथा मुटुको शल्यक्रियाका साथै विभिन्न अङ्गसमेत ‘फेल’ हुनबाट जोगाउने कार्य तथा प्रत्यारोपण लगायतको उपचार स्वदेशमा उपलब्ध गराई जनसाधारणको पहुँचभित्र ल्याउन केन्द्र कटिबद्ध छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article धुम्रपानका कारण नेपालमा बर्सेनि २७ हजारको मृत्यु
Next article नेपाल फार्मा एक्स्पो वैशाख ९ गतेदेखि चितवनमा हुदै, राष्ट्रपतिले उद्घाटन गर्ने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

130
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

136
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web