• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 9th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

३० लाख जनसंख्यामा कुनै न कुनै किसिमको मृगौलाको रोग

May 3rd, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
३० लाख जनसंख्यामा कुनै न कुनै किसिमको मृगौलाको रोग

डा. पुकारचन्द्र श्रेष्ठ.
पछिल्ला केही वर्षयता मोटोपन संसारभरी नै बढ्दो समस्याका रुपमा देखापरेको छ । उच्चरक्तचाप, स्वासप्रस्वास, मुटु रोग जस्तै मोटोपन किड्नीका लागि पनि हानीकारक मानिन्छ । यसले २ देखि ७ गुणासम्म किड्नी ‘फेल’ गराउने सम्भावना हुन्छ । नेपालमा करिब ३० लाख जनसंख्यामा कुनै न कुनै किसिमको मृगौलाको रोग लागेको अनुमान छ । यहाँ ३ हजार जनाको बर्षैपिच्छे दुवै किड्नी फेल हुने गर्छ । तीमध्ये ९० प्रतिशतभन्दा बढीको केही महिनामै मृत्यु हुने गर्छ ।
किड्नी सम्बन्धि रोग लाग्ने विभिन्न कारक तत्वहरु मध्ये मोटोपन बलियो कारण हो । उच्च रक्तचाप र मधुमेहजस्तै दीर्घकालीन किड्नीको रोगको प्रमुख कारक तत्वमध्ये मोटोपन पनि एक हो । यसले किड्नी ‘फेल’ गराउन ठूलो भूमिका खेलेको हुन्छ । मोटोपन भएका व्यक्तिहरुमा किड्नीले अरूमा भन्दा बढी कार्य गर्नुपर्ने हुन्छ, जसले गर्दा किड्नी विस्तारै खराब भई दीर्घकालीन रोग लाग्ने गर्छ ।
उच्च तौल भएका वा मोटोपन भएकाहरूमा किड्नी फेल ‘हुने’ समस्या अरू स्वस्थ व्यक्तिहरूको तुलनामा २ देखि ७ गुणा बढी हुन्छ । यी सबका बाबजुद पनि शुभ समाचार के छ भने मोटोपन र किड्नीको दीर्घरोग धेरै हदसम्म रोकथाम गर्न सकिने समस्या हुन् र सन्तुलित आहार तथा शारीरिक व्यायमजस्तो स्वस्थ जीवनशैलीले मोटोपन र किड्नीको रोग लाग्नबाट बचाउन सकिन्छ । रोग लागेपछि उपचार गराउनु भन्दा रोगै लाग्न नदिन राम्रो भनेझै हरेक व्यक्तिले खानपानमा ध्यान दिनै पर्छ । खानपान र व्यायाममा ध्यान दिन सकिए मोटोपन नियन्त्रणमा राख्न सकिन्छ ।
विश्व स्वास्थ्य संगठनले पनि मोटोपनको खराबी र किड्नी रोग लाग्नमा यसको असर तथा यसबाट जोगिन स्वस्थ जीवनशैली र उपयुक्त स्वास्थ्य नीतिका उपायमार्फत रोगको रोकथाममा विशेष जोड दिएको छ । सन् २०२५ सम्ममा मोटोपनले संसारभर १८ प्रतिशत पुरुष र २१ प्रतिशत महिलालाई असर गर्ने अनुमान गरिएको छ भने ६ प्रतिशत पुरुष र ९ प्रतिशत महिला गम्भीर मोटोपनले पीडित हुने अनुमान गरिएको छ । कुनै—कुनै राष्ट्रमा त एक तिहाइ जनसंख्या मोटोपनको सिकार भइसकेको छ र कमजोर स्वास्थ्य र चिकित्सा क्षेत्रको अधिकतम खर्चको कारण बनिसकेको छ ।
साधारणतया जनमानसमा मोटोपनले मृत्युको जोखिम बढाउने मात्र नभई अनेकौं रोग निम्त्याउने गर्छ । जस्तै—मुटुको रोग, मधुमय, उच्च रक्तचाप, उच्च कोलेस्टोरल, निद्रामा घुर्ने, कलेजोको बोसोपन, पित्तथैलीको रोग, जोर्नी खिइने, विभिन्न क्यान्सर, मानसिक रोग तथा न्युन जीवनस्तर आदि।
वैज्ञानिकहरूका अनुसार मोटोपनका कारण नसर्ने रोगहरुको संक्रमण अपत्यारिलो ढंगले बढ्दै गइरहेको पाइएको छ । मोटोपनले अप्रत्यक्ष रूपमा मधुमेह, उच्च रक्तचाप, मुटुको रोग आदि गराएर किड्नी रोगको कारक तत्व बन्ने गर्छ भने प्रत्यक्ष रूपमा किड्नीलाई अत्यधिक कार्य गर्न लगाई किड्नी खराबी ल्याउने गर्छ र यसले किड्नीको पत्थरी तथा किड्नीको क्यान्सरसमेत गराउन सक्छ । मोटोपन घटाउनाले किड्नीका दीर्घरोगमा कमी गराउन वा निको पार्न पनि मद्दत गर्छ । अकस्मात किड्नीमा खराबी आउने समस्या पनि मोटोपना भएकामा बढी मात्रामा पाइने गर्छ । किड्नी रोगको गम्भीरतालाई मनन गरी नेपाल सरकारले डायलासिस पूर्णरूपमा नि शुल्क गरिसकेको छ भने किड्नी प्रत्यारोपण पनि निशुल्क गर्ने अन्तिम तयारी भइरहेको छ । यसबाट किड्नी रोगले थलिएकाहरू जसको घर—सम्पत्ति सखाफ भइसकेको छ, उनीहरूमा बाँच्ने आसा पलाएको छ र प्रत्यारोपणपश्चात स्वस्थ व्यक्ति सरह जीवनयापन गर्नसक्ने हुँदा देशको उत्पादकत्वमा पनि अभिवृद्धि हुनेछ ।
१० वर्षअघि स्थापना भएको मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले मृगौला ‘फेल’ भएकाहरूका लागि अधिकतम संख्यामा डायलासिस र प्रत्यारोपणको सुविधा उपलब्ध गराउँदै आएको छ भने हालै सुरु गरेको कलेजो प्रत्यारोपण तथा मुटुको शल्यक्रियाका साथै विभिन्न अङ्गसमेत ‘फेल’ हुनबाट जोगाउने कार्य तथा प्रत्यारोपण लगायतको उपचार स्वदेशमा उपलब्ध गराई जनसाधारणको पहुँचभित्र ल्याउन केन्द्र कटिबद्ध छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मोटोपनले गराउछ किड्नी फेल
Next article मधुमेह भएमा के के समस्या देखिन्छन् ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz