• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. पदम खड्का भए निजी अस्पताल सञ्चालकहरुको संस्था अफिनको नयाँ अध्यक्ष

August 14th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. पदम खड्का भए निजी अस्पताल सञ्चालकहरुको संस्था अफिनको नयाँ अध्यक्ष

हेल्थ टुडे,
काठमाडौँ, २९ साउन : अल्का अस्पतालका अध्यक्ष कुमार थापालाई परजित गर्दै कास्की सेवा अस्पतालका सञ्चालक डा. पदम खड्का निजी अस्पतालहरुको छाता संगठन एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) को नयाँ अध्यक्षमा निर्वाचित भएका छन् ।
शनिबार भएको २२ औं साधारणबाट डा खड्का अध्यक्षतामा निर्वाचित भएका हुन् । उनी पोखराको कास्की सेवा हस्पिटलका सञ्चालक हुन् । अध्यक्ष पदका लागि बरिष्ठ उपाध्यक्ष रहेका अल्का अस्पतालका सञ्चालक थापा र डा. खड्काबीच प्रतिस्पर्धा भएको थियो । कुल खसेको ९३ मतमध्ये डा खड्काले ७२ र थापाले २१ मत मात्र पाएका थिए ।
साधारण सभाले वरिष्ठ उपाध्यक्षमा राप्ती लाइफ केअर अस्पतालका हरिप्रसाद रिजाललाई निर्वाचित गरेको छ ।

प्रदेश उपाध्यक्ष अन्तर्गत बागमती प्रदेशबाट प्रा श्यामकृष्ण जोशी नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर, कर्णाली प्रदेशबाट भीमबहादुर गुरुङ, गुरुङ हस्पिटल प्रालि, सुदूरपश्चिमबाट गजेन्द्र चन्द पद्मा अस्पताल प्रालि निर्वाचित भएका छन् । यस्तै लुम्बिनी प्रदेशबाट कौशिला मेमोरियल अस्पतालका चन्द्रबहादुर महतो, गण्डकी प्रदेशबाट तनहुँ सेवा अस्पतालका हरिवहादुर खड्का निर्वाचित भएका छन् ।

महासचिवमा सुमेरू अस्पतालका हेमराज दाहाल निर्विरोध निर्वाचित भए। उनी यसअघि पनि महासचिव थिए। कोषाध्यक्षमा नेपाल क्यान्सर अस्पतालकी स्वरूपा श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छिन।
सचिवमा विजयपुर हस्पिटल प्रालिका पंकज खतिवडा निर्वाचित भएका छन्।सदस्यहरूमा सिद्धार्थनगर सिटी हस्पीटलका अर्जुन पौडेल, कैलाली हस्पिटलका जनकराज जोशी, ब्लुक्रस हस्पिटलकी सतिदेवी गौतम सिंह, इशान बाल तथा महिला अस्पतालका डा रामानन्दन प्रसाद चौधरी, ग्रिनसिटी हस्पिटलका रेनुका गुरुङ्ग, तुलसी बाल अस्पतालका डा किशोर खत्री, माया मेट्रो हस्पीटलका धिरेन्द्र, पर्वत कुश्मा हस्पीटलका सुशिल पौडेल निर्वाचित भएका छन्।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेत्रज्योति संघका अध्यक्ष डा. पन्तलाई बद्रीबिक्रम थापा सेवा पुरस्कार
Next article उपत्यका बाहिरका सरकारी अस्पतालमा गति लिदै मिर्गौला प्रत्यारोपण, पोखरामा एकै दिन २ जनाको प्रत्यारोपण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132862
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

35
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web