• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

उपत्यका बाहिरका सरकारी अस्पतालमा गति लिदै मिर्गौला प्रत्यारोपण, पोखरामा एकै दिन २ जनाको प्रत्यारोपण

August 14th, 2022 अन्तर्वार्ता, समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उपत्यका बाहिरका सरकारी अस्पतालमा गति लिदै मिर्गौला प्रत्यारोपण, पोखरामा एकै दिन २ जनाको प्रत्यारोपण

हेल्थ टुडे,

पोखरा, २९ साउन : मिर्गौला प्रत्यारोपण सेवा उपत्यका बाहिरका सरकारी अस्पतालहरुमा  गति लिन थालेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शनिबार एकै दिन २ जनाको मिर्गौला प्रत्यारोपण भएको छ ।   भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा एकै दिन २ जनाको मिर्गौला प्रत्यारोपण  भएको हो । प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सक र अन्य स्वास्थ्यकर्मीको टोलीले सघाएको हो । कास्की जिल्ला रुपाकोट गाउँपालिकाका, ५३ वर्षीया पूरुष र स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका ४२ वर्षीय पुरुषको मृगौला प्रत्यारोपण गरिएको हो । दुबै जनालाई आ–आफ्नो श्रीमतीले मिर्गौला दिएकी थिइन ।

डा. पुकारको नेतृत्वमा नेतृत्वमा गत असार ९ गते पहिलो पटक प्रतिष्ठानमा एक जनाको मिर्गौला प्रत्यारोपण भएको थियो । सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत मुलुक मै पहिलो पटक गत महिना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको र यसलाई देशका सातवटै प्रदेशबाट सुरु गर्न लागिएको डा. श्रेष्ठले बताए ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. डुकबहादुर क्षेत्री र निर्देशक भरत खत्रीले प्रत्यारोपण सेवाले निरन्तरता पाएकोमा खुशी व्यक्त गरे । सरकारले बजेट वक्तत्व मार्फत देशका सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा बिस्तार गर्ने योजना अगाडि सारेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. पदम खड्का भए निजी अस्पताल सञ्चालकहरुको संस्था अफिनको नयाँ अध्यक्ष
Next article सुर्तीजन्य पदार्थको प्याकेटको ९० प्रतिशत भाग चेतावनीमुलक रंगिन चित्रले छोप्नु पर्ने सर्बोच्चको फैसला

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132582
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web