नेपालगन्ज मेडिकल कलेज नेपालको चर्चित मेडिकल कलेजहरुमध्येको एक हो । काठमाडौं उपत्यका बाहिर रहेका मेडिकल कलेज मध्ये सर्वोत्कृष्ठ यो मेडिकल कलेजले चिकित्साशास्त्रमा अब्बल डाक्टर उत्पादन गर्नुका साथै सुदूर र मध्यपश्चिमका लाखौ विरामीलाई विशेषज्ञ सेवा प्रदान गरिरहेको छ । काठमाडौं विश्व विद्यालयबाट मान्यता प्राप्त यो मेडिकल कलेजमा नेपालका मात्र नभएर भारतीय विद्यार्थी पनि एमबिबिएस पढ्न आउने गरेका छन् । मेडिकल कलेजले एबबिबिएस कार्यक्रमका साथ नर्सिङ र स्नातकोत्तर कक्षा (एमडी र एमएस) पनि सञ्चालन गरेको छ ।
खुला वातावरण, प्रयाप्त क्षेत्रफल, आवश्यक भौतिक सुविधा भएको यो मेडिकल कलेजले आफ्नो दायित्व सफलताका साथ निर्वाह गरिरहेको छ । कुनै पनि मेडिकल कलेज राजधानी बाहिर जान नमानीरहेको बेला यसले जनताको स्वास्थ्य सेवालाई समेत ध्यानमा राखेर चिकित्साशास्त्रको पढाई थाल्नु आफैमा ठूलो कुरा थियो । अहिले पनि यसले आफ्नो उद्देश्यलाई दृढताका साथ अगाडि बढाईरहेको छ । यो मेडिकल कलेजले कोहलपुरमा शिक्षण अस्पताल र नेपालगन्जमा अस्पताल सञ्चालन गरिरहेको छ । सुदूर पश्चिममा अहिलेसम्म मेडिकल कलेज नभएकाले यही मेडिकल कलेजले यो क्षेत्रका २७ लाख विरामीलाई विशेषज्ञ सेवा प्रदान गरिरहेको छ । मेडिकल कलेजले मुटु, मिर्गौला, कलेजोका विरामीका लागि बिेशषज्ञ सेवा सहित सर्जरी सेवा उपलब्ध गराइरहेको छ । तर अधिकांश विशेषज्ञ काठमाडांै बाहिर जान नमान्ने कारणले बेला बेलामा समस्या हुने गरेको छ ।
Leave a Reply