• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 3rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औषधि व्यवस्था विभागमा धर्ना

May 16th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधि व्यवस्था विभागमा धर्ना

औषधि आयातमा सरकारले लगाएको प्रतिबन्ध फुकुवाको माग गर्दै औषधि  आयातकर्ताहरुले मंगलबार मुखमा कालो पट्टी बाँधेर औषधी व्यवस्था विभागमा धर्ना दिएका छन् । नेपाल औषधि आयातकर्ता संघको नेतृत्वमा  विभागको परिसरमा बिहान १० बजेदेखि १२ बजेसम्म देशभरिका आयातकर्ता व्यवसायीले धर्ना दिएका हुन् । आन्दोलनमा औषधि प्रवद्र्घक संघ र फ्यानकनको पनि समर्थन छ ।

सरकारले विभिन्न ३५ प्रकारका गुणस्तरिय औषधिको आयातमा रोक लगाउने निर्णय गरेपछि चरणबद्ध आन्दोलनमा उत्रेका आयातकर्ता व्यवसायीले निर्णय फिर्ताको माग गर्दै धर्ना बसेका हुन् । उनीहरुले २८ गते औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई भेटेर विरोध जनाउँदै माग सहितको ज्ञापनपत्र दिएका थिए ।

स्वास्थ्य मन्त्री गगन थापाले केही स्वदेशी औषधी उत्पादककर्ताको प्रलोभनमा परेर सस्तो र गुणस्तरीय औषधी आयातमा रोक लगाएर जनतालाई महंगोमा औषधि किन्न बाध्य बनाउन लागेकोले आरोप उनीहरुले लगाएका छन् । नेपाल औषधी आयातकर्तासंघका महासचिव पवन आचार्यले स्वास्थ्यमन्त्री थापाले मुनाफाको कुरा उठाएर आफुहरुलाई बदनाम बनाउन खोजेको दाबी गरेका छन् । केही दिन पहिले मन्त्री थापाले औषधि व्यवसायीले ४ सय देखि २२ सय प्रतिसतसम्म औषधिमा नाफा खाने गरेको पाइएको आफ्नो वेभ पेजमा पोस्ट गरेपछि औषधि आयातकर्ताले त्यसमा सत्यता नभएको भन्दै प्रमाणित गरेर देखाउन मन्त्री थापालाई चेतावनी दिएका छन । आचार्यले भने,‘आफ्नो सस्तो लोकप्रियताका लागि मन्त्रीले औषधि आयातकर्तालाई बदनाम गराउन पाइदैन ।’ औषधिको मोल घटाउ भन्दा नमान्ने स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागले स्तरीय औषधि आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेरकाले निर्णय तत्काल फिर्ता नभए सबै औषधिको आयात ठप्प पार्ने संघका अध्यक्ष अन्जन पडासैनीले बताए ।

आफ्ना माग सम्बोधन गर्न छाडेर औषधिव्यवस्था विभागका महानिर्देशक विदेश सयरमा रहेको उनको भनाई छ । सरकारले भने सिधै विदेशी कम्पनीसँंग सिधै औषधि खरिद गरेर अस्पतालका फार्मेसी मार्फत सस्तोमा विक्रीबितरण गर्ने योजना अगाडि सारेको छ । तर औषधि आयातकर्ताहरुले भने खेती गर्ने मौषममा मलखाद उपलब्ध गराउन नसक्ने सरकारले चाहिएको बेलामा जनतालाई अत्यावश्यक औषधि उपलब्ध गराउन नसक्ने दाबी गरेका छन । नेपालमा वर्षेनी १० अर्ब रुपैयाँ भन्दा बढी मूल्यको औषधि आयात हुने गरेको छ ।

 

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भोटर लिस्टमा नाम नदेखेपछि चकित भए डा.बराल
Next article अब्बल नेपालगन्ज मेडिकल कलेज

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131641
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web