करिव तिन दर्जन विदेशी औषधिको आयातमा रोक लगाउने सरकारको निर्णय विरुद्घ आन्दोलनरत नेपाल औषधि आयातकर्ता संघ (मियान) लाई औषधिसँंग सम्बन्धित तिन वटा संगठनले आन्दोलनको समर्थन गर्दै पूर्ण ऐक्यवद्दता जनाएका छन् ।
मियानले गत हप्तादेखि जारी राखेको आन्दोलनलाई आफुहरुको पूर्ण समर्थन एवं सहकार्य रहने बताउदै उनीहरुले अत्यावश्यक औषधिको आयात नै ठप्प पार्ने र विलिङ बन्द गर्ने आन्दोलनका कार्यक्रम भने हाललाई स्थगित गर्न आग्रह गरेका छन् । नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ, नेपाल औषधिगत बिक्री प्रवन्धक संगठन र नेपाल खाद्य, आयुर्वेदिक न्युट्रास्विटिकल्स तथा कस्मेस्विटिक समाजले शनिबार छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै मियानको आन्दोलनमा आफूहरुको पूर्ण समर्थन र सहकार्य रहने जनाउदै जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै अत्यावश्यक औषधिको आयात ठप्प गर्ने र विलिङ बन्द गर्ने घोषित कार्यक्रम तत्कालका लागि स्थगित गर्न आग्रह गरेका हुन् ।
संघका महासचिव अनुप पाण्डे, संगठनका केन्द्रिय अध्यक्ष सुरजितदत्त र समाजका अधयक्ष सुरेन्द्र मानन्धरले विज्ञप्ति निकालेका हुन । मियानले औषधि व्ववस्था विभागमा ज्ञापनपत्र बुझाउने, कालोपट्टी बाधेर धर्ना दिने, विभाग घेराउ गर्ने जस्ता आन्दोलनका कार्यक्रम सम्पन्न गर्दा समेत सरकारले निर्णय फिर्ता नलिएपछि आईतबारदेखि औषधिको विलिङ बन्द गर्ने र त्यति गर्दा समेत माग सम्बोधन नभए जेठ ८ गतेदेखि अत्यावश्यक औषधिको आयात नै ठप्प पार्नेसम्मका कार्यक्रम मियानले सार्वजनिक गरेको छ ।
मियानका महासचिव पवन आचार्यले पूर्व घोषित आन्दोलनका कार्यक्रम कसरी अगाडि बढाउने भन्ने बिषयमा सबै पक्षको छलफल पछि सोमबार निर्णय लिइने बताए । त्यसैगरि नेपाल औषधि व्यवसायी संघले पनि शनिबार छट्टै विज्ञप्ति प्रकाशित गरि औषधिका मूल्यका बिषयमा विभिन्न सञ्चारमाध्यममा आइरहेको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै औषधि व्यवासायीलाई बदनाम गराउने तत्वहरुसँग् सहज रहन आग्रह गर्दै समस्या समाधानका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरेको छ । संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले विज्ञप्ति जारी गर्दै औषधि व्यवसायीको पक्षमा संघले आवश्यक कदम चाल्ने बताएका छन् । केही दिन पहिले भने संघका अध्यक्ष श्रेष्ठले सरकारको निर्णयलाई बल पुग्ने विज्ञप्तिमा हस्ताक्षर गरेका थिए ।
Leave a Reply