• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा.रुइतले पाए १३ करोड रासीको इसा अवार्ड, नेपालीले पाएको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय अवार्ड

January 17th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा.रुइतले पाए १३ करोड रासीको इसा अवार्ड, नेपालीले पाएको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय अवार्ड

हेल्थ टुडे,
काठमाडौं, ३ माघ : नेपालका र्चिर्चत नेत्र चिकित्सक डा. सन्दुक रूइतले साडे १३ करोड रुपैया (१० लाख अमेरिकी डलर ) बराबरको बहराइनको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ ।

बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २००९ मा स्थापना भएर सन् २०१३ देखि यो अवार्ड प्रदान गर्दै आएको छ । अवार्डको पाँचौं संस्करण–सन् २०२३ मा डा. रुइतलाई उक्त पुरस्कार घोषणा गरिएको हो ।

मंगलबार बहराइनको राजधानी मनमामा आयोजित पुरस्कार घोषणा समारोहमा राजाका प्रतिनिधिको रूपमा उपस्थित राजपरिवारका सदस्य शेख मो. बिन मुबारक अल खालिफाले डा. रुइतले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणका लागि उनलाई इसा अवार्डका लागि छनोट गरिएको जानकारी दिए । डा. रुइतले मोतियाबिन्दु भएका बिरामीको उपचार गर्ने सरल विधि विकास गरेका थिए । साथै इन्ट्राअकुलर लेन्सको विकास गरी सुलभ दरमा उपलब्ध गराएका थिए । त्यसबाट नेपाललगायत विकासोन्मुख देशका अन्धोपन भएका लाखौं व्यक्तिले नेत्रज्योति प्राप्त गरेका छन् ।

इसा अवार्ड यसअघि मलेसियाकी चिकित्सक जमिला महमूद (सन् २०१३), भारतका समाजसेवी तथा शिक्षाविद् डा. अच्युत सामन्त (सन् २०१५), इजिप्टको बालबालिका क्यान्सर अस्पताल (सन् २०१७) र पाकिस्तानको ईदी फाउन्डेशन (सन् २०१९) लाई प्रदान गरिएको थियो । कोभिडका कारण पछिल्लो चार वर्षमा अहिले आएर मात्र इसा अवार्ड घोषणा गरिएको हो । यो अवार्डअन्तर्गत डा. रुइतलाई १० लाख डलर(झन्डै १३ करोड ८ लाख नेपाली रुपैयाँ), गोल्ड मेडल र प्रमाणपत्र आगामी फेब्रुअरी महिनामा प्रदान गरिनेछ । मंगलबार डा. रुइतका नाममा घोषणा भएको इसा अवार्ड अहिलेसम्म कुनै पनि नेपालीले प्राप्त गरेको सम्भवतः सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय अवार्ड हो ।

यो चार वर्षका लागि मंगलबार घोषणा गरिएको अवार्डका लागि सुरुमा १४५ जना व्यक्ति तथा संस्था नोमिनेसनमा परेका थिए । वैज्ञानिक, प्राध्यापक, पूर्वराजनीतिज्ञ लगायतका प्रतिष्ठित व्यक्तिहरूको छनोट समूहले उनीहरूमध्येबाट डा. रुइतलाई छनोट गरेको हो । १४५ जना÷ संस्थाको सूचीबाट ६ जना÷ संस्थालाई सर्टलिस्ट गरिएको थियो । जसमा अमेरिकास्थित परोपकारी संस्था मर्सी शिप, बंगालादेशको फ्रेन्ड्सशिप एनजीओ, गरिबको हितमा सक्रिय कोलम्बियाली क्यामिलो जोस हेरेया, वातावरण संरक्षणमा क्रियाशील केन्याकी न्जाम्बी माटी, स्वीटजरल्यान्डको जेनेभास्थित विश्व स्वास्थ्य संगठन फाउन्डेशन र नेपालका सन्दुक रुइत थिए । तीमध्ये रुइतलाई छनोट गरिएको हो ।

युनिभर्सिटी अफ मायामीका प्रसिद्ध कानुन प्राध्यापक जान पलसनको नेतृत्वमा रहेको जुरीले डा. रुइतलाई छनोट गरेको हो । प्रा. पलसन अन्तर्राष्ट्रिय ख्याति प्राप्त मध्यस्थकर्ता र कानुनका किताबहरूका लेखक हुन् । क्याम्ब्रिज विश्वविद्यालयद्वारा प्रकाशित ‘डिनाइल अफ जस्टिस इन इन्टरनेसनल ल’ तथा अक्स्फोर्ड विश्वविद्यालयद्वारा प्रकाशित ‘दी आईडिया अफ आर्बिट्रेसन’ उनका चर्चित किताब हुन् । मध्यस्थतासम्बन्धी स्थायी अदालत, हेग (पर्मानेन्ट कोर्ट अफ आर्बिट्रेसन) का सदस्य उनी लन्डन स्कुल अफ इकोनोमिकका पूर्वकन्टिनेन्टल प्राध्यापक पनि हुन् । ‘इन्टरनेसनल काउन्सिल फर कमर्सियल आर्बिट्रेसन’ का पूर्वअध्यक्ष पनि हुन् । उनको नेतृत्वमा सेनेगल, अर्जेन्टिना, पाकिस्तान, मोरक्कोलगायत देशका प्रसिद्ध व्यक्तिहरू रहेको सात जनाको जुरीले १४५ जनाबाट छान्दै छान्दै अन्तिममा डा. रुइतलाई छनोट गरेको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सक संघको चुनावमा लोकतान्त्रिक समूहको पल्ला भारी
Next article पदम गिरी भए स्वास्थ्य मन्त्री, डा. कार्कीलाई राज्यमन्त्री

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134424
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web