• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सक संघको चुनावमा लोकतान्त्रिक समूहको पल्ला भारी

January 19th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सक संघको चुनावमा लोकतान्त्रिक समूहको पल्ला भारी

हेल्थ टुडे,
काठमाडौं, ५ माघ : नेपाली चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि चिकित्सकहरु भिन्न प्यानल बनाएर चुनावी मैदानमा ओर्लिएका छन् । उपत्यका बाहिर माघ ६ र ७ गते तथा उपत्यका भित्र माघ १९, २० र २१ गते गरि दुई चरणम गरि हुने संघको निर्वाचनमा बिशेष गरि तीन वटा प्यानलबिच प्रतिस्पर्धा हुने भएको छ । डा.अनिल बिक्रम कार्कीले नेतृत्व गरेको लोकतान्त्रिक समूह, डा.सन्तोष पौडेलले नेतृत्व गरेको पेशागत समावेशी समूह र डा. शिबजी सिलवालले नेतृत्व गरेको स्वतन्त्र समूह चुनावी मैदानमा छन् ।
सबै समूहले आआफ्ना अजेण्डा सहित देशव्यापी दौडाहा सम्पन्न गरेर चिकित्सकहरुसँग मत मागेका छन् । आफूहरुको अजेण्डा मन पराएकाले आफू नेतृत्वको समूह बिजयी हुनेमा तीन वटै समूह आशावादी छन् । लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार डा. कार्की यो पटक पनि बिगत बर्षहरु झै लोकतान्त्रिक समूहको बिजय निश्चित भएको बताउछन् । डा.कार्की भन्छन, ‘देशव्यापी रुपमा संघको वर्तमान नेतृत्वले गरेका कामका आधारमा साथीहरुले हामीलाई जुन विश्वास गर्नु भएको छ, त्यसको आधारमा हाम्रो जीत निश्चित भइसकेको छ ।’ त्यसैगरि पेशागत समाबेशी समूहबाट अध्यक्षका उम्मेदवार डा. पौडेल युवा पुस्ताका चिकित्सकहरुले आफ्नो समूहलाई विश्वास गरेकाले आफूहरु संघको नेतृत्वमा पुग्ने बताउछन् । डा. पौडेल भन्छन, ‘ देशभरिका चिकित्सकहरु चिकित्सक संघमा नेतृत्व परिवर्तनको पक्षमा छन । त्यसैले यो पटक हामी जित्छौ भन्ने विश्वास छ । ’
तीन वटा समूह चुनावी मैदानमा भए पनि डा.कार्कीले नेतृत्वले गरेको लोकतान्त्रिक समूहको पल्ला भारी रहेको वरिष्ठ चिकित्सकहरु बताउछन् । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष (प्रदेश संयोजक) , महासचिव, कोषाध्यक्ष, सहसचिव, सहकोषाध्यक्ष र ६ सदस्य गरि १९ पदका लागि हुने निर्वाचनमा लोकतान्त्रिक समूहबाट वरिष्ठ उपाध्यक्ष, ३ जना उपाध्यक्ष (प्रदेश संयोजक), कोषाध्यक्ष, सहसचिव र सहकोषध्यक्ष गरि ७ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । यो परिणामबाटै पनि लोकतान्त्रिक समूह अन्य दुई समूहको तुलनामा निकै अगाडि रहेको अनुमान लगाउन सकिने चिकित्सकहरुको दाबी छ ।
अब अध्यक्ष, ४ जना उपाध्यक्ष (प्रदेश संयोजक), महासचिव र ६ जना सदस्य गरि १२ पदका लागि मात्र मतदान हुने निर्वाचन समितिले जनाएको छ । डा. पौडेल र डा.सिलवालले नेतृत्व गरेका समूहले सबै पदहरुमा उम्मेदवार समेत उठाउन नसक्नु भनेको डा. कार्की नेतृत्वको लोकतान्त्रिक समूहको दाजोमा अन्य समूह निकै कमजोर रहेको विश्लेषण वरिष्ठ चिकित्सक प्रा. डा. करविरनाथ योगीको छ । डा. योगीले भने, ‘ चिकित्सक संघको इतिहासमा लोकतन्त्रवादी चिकित्सक बाहेक अरुले जितेका छैनन् । यो पटक पनि लोकतान्त्रिक समूहले नै जित्छ । ’
डा. पौडेलले नेतृत्व गरेको पेशागत समावेशी समूहले १२ पदमा मात्र उम्मेदवारी दिएको छ भने डा.सिलवालको स्वतन्त्र समूहले ५ पदमा मात्र उम्मेदवारी दिएको छ । ३ वर्ष अगाडि भएको निर्वाचनमा लोकतान्त्रिक समूहका डा. लोचन कार्कीले दुई तिहाई भन्दा बढी मतले विजय हासिल गरेका थिए । करिव १३ हजार चिकित्सक मतदाता रहेको संघको निर्वाचन दुई चरणमा हुन गइरहेको छ । उपत्यका बाहिर माघ ६ र ७ गते संघका साखा कार्यालयमा हुने छ भने उपत्यकामा संघको केन्द्रिय कार्यालयमा यही माघ १९, २० र २१ गते मतदान हुने छ । मतदान सकिएपछि मत गणना एकै पटक सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।

लोकतान्त्रिक समूहका उम्मेदवारहरु :
१. अध्यक्ष : डा. अनिल बिक्रम कार्की
२. उपाध्यक्ष (मधेश प्रदेश संयोजक) : डा. निरजकुमार सिहं
३. उपाध्यक्ष (बाग्मती प्रदेश संयोजक) : डा. प्रकाश बुढाथोकी
४. उपाध्यक्ष ( गण्डकी प्रदेश संयोजक) : डा. राजन शर्मा
५. उपाध्यक्ष ( सुदूरपश्चिम प्रदेश संयोजक) : डा. प्रशान्त भट्ट
६. महासचिव : डा. सञ्जिव तिवारी
७. सदस्य : डा. अमित रन्जन मिश्र
८. सदस्य : डा. किशोर खत्री
९. सदस्य : डा. मनोर दिन सैयद
१०. सदस्य : डा. सिर्जना बिष्ट
११. सदस्य : डा. तेज्सु सिंह मल्ल
१२. सदस्य : डा. योभेन कुमार यादव

पेशागत समावेशी समूहका उम्मेदवारहरु :
१. अध्यक्ष : डा. सन्तोष पौडेल
२. उपाध्यक्ष (मधेश प्रदेश संयोजक) : डा. महेश महासेठ
३. उपाध्यक्ष (बाग्मती प्रदेश संयोजक) : डा. सन्जय ठाकुर
४. उपाध्यक्ष ( गण्डकी प्रदेश संयोजक) : डा. विकाश गौचन
५. उपाध्यक्ष ( सुदूरपश्चिम प्रदेश संयोजक) : डा. निरज अर्याल
६. महासचिव : डा. रक्षा श्रेष्ठ
७. सदस्य : डा. अभियान गौतम
८. सदस्य : डा. रामकृष्ण आचार्य
९. सदस्य : डा. पदम नेपाली
१०. सदस्य : डा. रमेश श्रेष्ठ
११. सदस्य :डा. स्मृति महत
१२. डा. सुरेन्द्र यादव

स्वतन्त्र प्यानल :
१. अध्यक्ष : डा. शिवजी सिलवाल
२. उपाध्यक्ष (मधेश प्रदेश संयोजक): डा.अजय मिश्र
३. महासचिव : डा.अमृत भुसाल
४. सदस्य : डा. चेतन बस्नेत
५. सदस्य : डा. मोहम्मद अनमुल

निर्बिरोध निवार्चित भएका संघका पदाधिकारीहरु :
१. वरिष्ठ उपाध्यक्ष : डा. बद्री रिजाल
२. उपाध्यक्ष ( प्रदेश नम्बर १ संयोजक) : डा. बिपेश आचार्य
३ उपाध्यक्ष ( लुम्बिनी प्रदेश संयोजक) : डा. नन्दाकुमारी गुरुङ
४. उपाध्यक्ष (कर्णाली प्रदेश संयोजक) : डा. केशरबहादुर ढकाल
५. कोषाध्यक्ष : डा. प्रमोद जोशी
६. सहसचिव : डा. लिजन महर्जन
७. सहकोषाध्यक्ष : डा. विक्रान्त ढकाल

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा.रुइतले पाए १३ करोड रासीको इसा अवार्ड, नेपालीले पाएको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय अवार्ड
Next article प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133185
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

34
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web