• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

January 20th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
शहीद धर्मभक्त  प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

हेल्थ टुडे,
काठमाडौं, ६ माघ : प्रधानमन्त्री पुष्पकमल दाहालले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दले एक हजार जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको अवसरमा शुक्रबार कमलादीमा आयोजना गरेको प्रत्यारोपितहरुको बृहत भेलामा प्रधानमन्त्री दाहालले आफु दोश्रो पटक प्रधानमन्त्री भएका बेला केन्द्रको सेवा विस्तार गर्न भक्तपुरमा रहेको नेपाल टस्टको जग्गा प्रदान गर्ने निर्णय गरेको स्मरण गर्दै त्यसपछि बनेको सरकारले त्यो काम अगाडि नबढाएकोले र अहिले घुमिफिरी आफू फेरि प्रधानमन्त्री भएकाले आफुले गरेको निर्णय चाडै कार्यन्वयनमा ल्याउने विश्वास दिलाए । प्रधानमन्त्री दाहालले भने,‘ मिर्गौला प्रत्यारोपण सेवाको बिस्तार हुनु जरुरी भइसकेको छ । म प्रधानमन्त्री भएको बेला केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा प्रदान गर्ने निर्णय चाडै क्याविनेटबाट निर्णय गराएर जग्गा हस्तान्त्रण गराउछु । ’
कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपालमा बार्षिक रुपमा ३ हजार जनाको मिर्गौला फेल भएर प्रत्यारोपण गराउनु पर्ने अवस्था रहेको भए पनि साधन र स्रोत अभावका कारण केन्द्रले २०० मात्र प्रत्यारोपण गर्न सकेको स्पष्ट पार्दै केन्द्रको सेवा विस्तार गर्न जग्गा अभाव भएको बताए । सरकारले आवश्यक जग्गा प्रदान गरे १०० शैयाको प्रत्यारोपण केन्द्रलाई बिस्तार गरि ५०० शैयाको प्रत्यारोपण केन्द्र निर्माण गरेर सेवा बिस्तार गर्न सकिने डा. श्रेष्ठले बताए । प्रत्यारोपण केन्द्रलाई जनशक्ति उत्पादन गर्ने निकायका रुपमा समेत बिकास गरेर प्रत्यारोपण विज्ञान प्रतिष्ठानका रुपमा स्थापना गर्नु आवश्यकता रहेको डा. श्रेष्ठले जोड दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोषन पोखरेलले देशमा हरेक दिन मिर्गौला विरामीहरुको संख्या बढ्दै गइरहेकोले १०० शैयाको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मात्र धान्न नसक्ने अवस्था रहेकाले त्यसलाई अर्को ठाउँमा सारेर ३०० देखि ५०० शैयाको अस्पताल बनाएर सेवा बिस्तार गर्नु पर्ने जरुरी भइसकेको बताए । अस्पतालको सेवा विस्तारसँगै जनशक्ति उत्पादनमा समेत ध्यान दिनु पर्ने भएकाले त्यसपछि प्रत्यारोपण विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्न सकिने बताए । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले अझै पनि कयौंले मिर्गोला प्रत्यारोपण गर्न पालो नपाएर डायलासिस गराएर बस्नु पर्ने अवस्था रहेको बताउदै केन्द्रले कम्तिमा दैनिक एक जनाको मिर्गौला प्रत्यारोपण गराएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण
Next article प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134424
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web