• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेत्रज्योतिद्धारा एक वर्षमा ३० लाखको आँखा जाँच र २ लाख ७२ हजारको शल्यक्रिया

March 27th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेत्रज्योतिद्धारा एक वर्षमा ३० लाखको आँखा जाँच र २ लाख ७२ हजारको शल्यक्रिया

हेल्थ टुडे,
काठमाडौं, १३ चैत : नेपाल नेत्रज्योति संघले गत वर्ष सन् २०२२ मा नेत्रज्योति संघले ३० लाख ७ हजारको आँखा जाँच र २ लाख ७२ हजारको आँखाको सफल शल्यक्रिया गरेको जनाएको छ । नेपाल नेत्रज्योति संघको ४५ औं दिवसको अवसरमा सोमबार राजधानीमा आयोजना कार्यक्रममा संघका अध्यक्ष प्रा. डा. चेतराज पन्तले नेत्रज्योति संघले देशभरिका २७ आँखा अस्पताल र १५० आँखा उपचार केन्द्र मार्फत सन् २०२२ मा ३० लाख ७ हजार जनाको आँखा जाँच र उपचारका साथै २ लाख ७२ हजार जनाको आँखाको शल्यक्रिया गरिएको डा. पन्तले बताए । डा. पन्तले विद्यालय आँखा जाँच कार्यक्रम मार्फत देश भरिका १० लाख भन्दा बढी बालबालिकाको आँखा जाँचसँगै आवश्यकता अनुसार निशुल्क चस्मा वितरण गरिएको बताए ।
नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दले नेपालमा सन् १९८१ मा १०० जनामध्ये १ जनामा दृष्टिविहिनताको अवस्था रहेकोमा सन् २०२० मा त्यो घटेर ३५८ जना बरावर १ जनामा ल्याउन सफल हुनुमा संघको अहं भूमिका रहेको बताए । कार्यक्रममा नेत्रज्योति संघ मार्फत आँखा उपचार सेवामा योगदान गरेका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा. शैलेस मिश्रले स.घले सन् २०२३ देखि २०३० सम्मको रणनीतिक योजना तयार पारेर सम्पूर्ण नेपालीलाई गुणस्तरीय आँखा उपचार सेवा उपलब्ग गराउदै नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यमा रुपमा विकास गर्ने लक्ष्यमा साथ काम भइरहेको बताए ।
नेत्रज्योति दिवसको अवसरमा संघको अन्धोपन निवारण गर्ने उद्देश्य प्राप्तिमा विशेष योगदान दिनुहुने चौधरी दाता परिवारलाई ‘बिशिष्ट नेत्रज्योति सम्मान’ बाट सम्मनित गरिएको छ । साथै नेपालमा आँखा उपचार सेवाको विस्तार र अन्धोपन न्यूनिकरणमा सहयोग गर्ने सेवा फाउन्डेसन, सेवा क्यानडा सोसाईटी र दुहवी नगरपालिकालाई पनि ‘बिशिष्ट नेत्रज्योति सम्मान’ बाट सम्मानित गरिएको छ ।

त्यस्तै नेपालमा आँखा स्वास्थ्य सेवाको विस्तार गरि अन्धोपन न्युनिकरण गर्ने योजनामा विशेष योगदान गर्नुहुने नेपाल नेत्रज्योति संघका लुम्बिनी प्रदेश सभापति तथा रुपन्देहि शाखाका निवर्तमान सभापति सागरप्रताप राणा, नेत्र ज्यातिसंघ चितवन शाखाका पुर्बसभापति एबं केन्द्रिय सदस्य चिजकुमार मास्के, नेत्रज्योति संघ कैलाली शाखाका पुर्बसभापति शिवदत्त जोशी, नेत्रज्योति संघ फत्तेबाल आँखा अस्पताल नेपालगंजका पुर्व मेडिकल डाईरेक्टर बरिष्ठ नेत्ररोग बिशेषज्ञ डा.बासु अधिकारी र नेत्रज्योति संघ रणअम्बिका शाह आँखा अस्पताल भैरहवाका पुर्व मेडिकल डाईरेक्टर बरिष्ठ नेत्ररोग बिशेषज्ञ डा. सुदर्शनप्रसाद धिताललाई ‘लाईफटाइम एचिभ्मेन्ट अवार्ड’ बाट सम्मानित गरिएको छ ।
त्यस्तै २५ बर्षदेखि निरन्तर नेपाल नेत्रज्योति संघ र यस अन्तरगतका अस्पतालमा रहि कार्य गर्दै आएकोले संघका आँख स्वास्थ्य कार्यकर्ता श्री गोबिन्द शर्मालाई दीर्घ सेवा पदक प्रदान गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालमा क्षयरोगबाट प्रत्येक दिन झन्डै ४७ जनाको मृत्यु
Next article भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान वैशाख पहिलो सातादेखि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133185
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

34
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web