नेपाल रेडक्रस सोसाइटीलाई जपान सरकारले सहयोगस्वरुप चार वटा एम्बुलेन्स प्रदान गरेको छ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नेपालकालागि जापानका राजदूत मासासीओगाआले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाको उपस्थिथिमा ती एम्बुलेन्सहरूको साँचो नेपाल रेडक्रसका चारवटा जिल्ला शाखाका सभापतिहरूलाई हस्तान्तरण गरेका हुन । एम्बुलेन्स प्राप्तगर्नेहरूमा रौतहट, धनकुटा, जाजरकोट र खोटाङ रेडक्रस रहेका छन् । ती हरेक एम्वुलेन्सको लागत नौलाख ५६ हजार चार सय ३२ रुपैया रहेको छ । कार्यक्रममा स्वागत गर्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्नधाख्वाले नेपाल रेडक्रस सोसाइटीलाई जापान सरकार र जापानी रेडक्रसले लामो समयदेखि विभिन्न प्रकारले सहयोग गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।
हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै जापानिज राजदूत मासासीओगाआले नेपालका ग्रामीण समुदायका मानिसहरूलाई स्वास्थ्य सेवाको खाँचो परिपूर्ति गर्न एम्बुलेन्स सहयोग गरिएको बताए । जापान सरकारले जनस्तरीय आयोजना र मानवीय सहयोग कार्यक्रम अन्तर्गतविगत २५ वर्षदेखि नेपाललाई सहयोग गर्दै आएको छ ।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले नेपाल रेडक्रससँग तीन दशक अगाडिदेखि खानेपानी, सरसफाइलगायत मानवीय सेवाकार्यमा सहयोग गर्दै आएकोमा जापान सरकार, जापानिज रेडक्रस र जापानी जनताप्रति आभार प्रकट गरे ।
पहाडमा एम्वुलेन्स सञ्चालन कार्य चुनौतिपूर्ण रहेको बताउँदै जाजरकोट जिल्ला शाखा सभापति सनतकुमार कार्कीले जाजरकोट जिल्लाशाखाले पहिलो पटक सञ्चालन गर्न लागेको र नगरपालिका तथा गाउँपालिकासँग समन्वय गरेर दीगो रुपमा सेवा सञ्चालनगर्ने योजना रहेको बताए ।
Leave a Reply