• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मिर्गौला काण्ड छानविन गर्न सभासद्हरुको माग

July 7th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिर्गौला काण्ड छानविन गर्न सभासद्हरुको माग

मनमोहन मेडिकल कलेजबाट केही दिन पहिले विरामीलाई थाहै नदिई पत्थरीको शल्यक्रिया गर्ने बेला मिर्गौला समेत निकालीदिएको घटनाको छानविन हुनु पर्ने माग सभासद्हरुले राखेका छन् । अस्पतालले यो प्रकरणलाई गुपचुप राख्न खोजे पनि सञ्चारमाध्यममा यस बिषयमा समाचार प्रकाशन भएपछि यो घट्नाले शुक्रबारको संसद् बैठकमा पनि प्रवेश पाएको हो ।

अस्पतालबाटै विरामीको ‘मिर्गौला चोरी’ प्रकरणका बिषयमा संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद रामनारायण विडारीले इमान्दार नेताको नाममा खुलेको अपस्तालले विरामीको मिर्गौला चोरी गरेको खबरले स्तब्ध भएको बताउदै यसमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मिमाथि छानविन हुनु पर्ने माग गरे ।  उनले भने, ‘अस्पतालको स्पष्टिकरण पढेपछि भयंकर बेइमानी गरेको रहेछ कि भन्ने भन्ने देखियो । यसमा कोको संलग्न छन् ? न्यायिक आयोग बनाएर छानविन गरियोस् ।’ यस किसिमका गम्भिर गल्तीमा समेत  छानविन नगर्ने हो भने देशमा मानव अंग तस्करको साम्राज्य चल्ने सम्भावना हुने उनको भनाई थियो ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सम्मानित नेताको नाममा खुलेका अस्पतालहरुलाई व्यापारिक केन्द्र बनाएर कोही व्यक्ति धनाड्य हुने माध्यम बनाउन दिन नहुने बताए ।  उनले विरामीको मिर्गौला नचोरिएको वा अप्ठ्यारो स्थिति सृजना नभएको भए अस्पतालले किन सम्झौता गर्यो ?  भन्ने प्रश्न समेत गरे ।

केही दिन पहिले नुवाकोटका शिव रिमाल पत्थरीको अपरेशन गर्न मनमोहन अस्पतालमा भर्ना भएका थिए । तर पत्थरीको अप्रेसन गर्दा चिकित्सकले उनको मिर्गौला समेत निकालिदिएका थिए । यो कुरा पछि थाहा भएपछि अस्पतालले उनको उपचारमा लाग्ने खर्च नलिने, जागिर लगाईदिने जस्तो सम्झौता गरेर यो घटनालाई गुपचुप राख्न चाहेको थियो । तर, अस्पताल प्रशासनले भने उपचारका क्रममा गम्भीर समस्या आएपछि पीडितको मिर्गौला झिकिएको र त्यो अस्पतालमा सुरक्षित रहेको दाबी गरेको छ । यो प्रस्तावित मेडिकल कलेजमा धार्दिडका सांसद एवं पूर्व मन्त्री राजेन्द्र माण्डे, पूर्व स्वास्थ्य राज्यमन्त्री एवं एमाले नेता डा. बंशीधर मिश्र सहित एमालेका वरिष्ठ नेताहरुको सेयर लगानी छ ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नारायणी हस्पिटलमा चाडै रोबट सर्जरी
Next article जापानले दियो चार एम्बुलेन्स

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134198
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

141
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

145
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web